आइतबारदेखि प्रदेश अस्पतालको ओपिडी सेवा पुनःशुरु

0
768

सुुर्खेत,

विशेषज्ञ चिकित्सकसहितका स्वास्थ्यकर्मीहरुमा कोरोना सङ्क्रमण पुष्टिभएपछि बन्द भएको यहाँस्थित प्रदेश अस्पतालको बहिरङ्ग सेवा (ओपिडी) पुनः शुरु हुने भएको छ ।

दश दिनदेखि बन्द ओपिडी सेवा आइतबारदेखि सञ्चालन हुने अस्पतालले जनाएको छ । अस्पतालमा कोभिड–१९ का सङ्क्रमितहरुको उपचार तथा व्यवस्थापकीय नेतृत्व गर्ने चिकित्सकसहितका नौ स्वास्थ्यकर्मीमा सङ्क्रमण देखिएको थियो ।

उनीहरु प्रदेश अस्पतालकै कोरोना विशेष अस्पतालको आइसोलेसनमा रहेका छन् । अस्पतालका निर्देशक डा डम्बर खड्काले यही असार ११ गतेदेखि बन्द ओपिडी सेवा भोलिदेखि सञ्चालन गरिने जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here