संक्रमितको शवबाट कोरोना सर्दैन : स्वास्थ्य मन्त्रालय

0
654

काठमाडौं,

कोरोना संक्रमणबाट मृत्यु भएकाको शवबाट कोरोना नसर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए। उनले आफ्नै रीतिरिवाजअनुसार शव अन्त्येष्टि गर्न सकिने पनि बताए।

‘खोक्दा, हाछयुँ गर्दा, बोल्दा निस्कने छिटा बाट मात्र सर्ने गर्दछ,’ उनले भने। मृत्यु भएको मान्छेबाट खोक्ने, हाछयुँ गर्नेलगायत श्वासप्रश्वास सम्बन्धि कुनै पनि क्रियाकलाप नहुने तथा स-साना थुक वा पानीका छिटा ननिस्कने भएकोले कोरोना नसर्ने उनले जानकारी दिए।

त्यसैले शवबाट संक्रमण फैलिँदैन र सामान्य सावधानी अपनाएर शवको व्यवस्थापन गर्नलाई उनले बताए। पछिल्लो २४ घण्टामा देशभर २३२ जना कोरोना संक्रमित थपिएका छन्। देशका विभिन्न प्रयोगशालामा चार हजार ५० जनाको पिसिआर परीक्षण गर्दा उनीहरूको रिपोर्ट पोजेटिभ गौतमले जानकारी दिए।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार शनिबार २३२ जना कोरोना संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या १५ हजार ४ सय ९१ पुगेको हो। हिजो शुक्रबार देशभर ७४० जना संक्रमित थपिएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here