शिक्षा क्षेत्रमा लगानी गर्दै एक्सेल

0
1001

झापा।

एक्सल डेभलपमेन्ट बैंक लिमिटेड बिर्तामोड झापाले शिक्षा क्षेत्रमा समेत काम गर्र्दै आएको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले दीर्घकाल सम्मका लागि शिक्षा क्षेत्रमा लगानी गर्दै आएको बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेशकुमार पोखरेलले बताए ।

विशेष गरी झापा र इलामका ग्रामीण क्षेत्रमा पुगेर बैंकले विद्यालय र विद्यार्थीको तत्कालको आवश्यकता परिपूर्ति गर्नुका साथै दीर्घकालसम्मका लागि समेत गुरुयोजना बनाएर शिक्षा क्षेत्रमा लगानी गर्दै आएको छ ।

इलामको मावो र सुलुवुङका सामुदायिक विद्यालयमा सञ्चालन गरेको सफा पानी तिम्रा लागि नानी अभियान अहिले लोकप्रिय बनेको छ । वैंकले इलाममा मात्र होइन झापाका विभिन्न सामुदायिक विद्यालयमा समेत यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको बैंकका प्रमुख कार्यकारी अधिकृत पोखरेलले बताए । दुई दिन अघि मात्रै अर्जुनधारा–९मा रहेको श्री प्राथमिक विद्यालयमा समेत रोटरी क्लव अफ बिर्तामोडसंग सहकार्य गर्दै खानेपानीको व्यवस्थापनका लागि फिल्टर प्रदान गरेको छ । एक लाख ५० हजार रुपैयाँमा विद्यालयमा फिल्टर जडान गरिएको छ भने त्यसमा बैंकले एक लाख रुपैयाँ लगानी गरेको पोखरेलको भनाइ छ ।

विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई शुद्ध खानेपानी पु¥याउने उद्देश्यले बैंकले तत्कालका लागि विद्यालयमा यस्ता खाले कार्यक्रम सञ्चालन गर्दै आएको बताइएको छ । त्यस्तै इलाममा बैंकले हामीलाई पनि जाडो लाग्छ कार्यक्रम सञ्चालन गरेको छ । एक सरो लुगा लगाएर विद्यालय जाने बिद्यार्थीका लागि हरेक वर्ष बैंकले स्वीटर लगायतका जाडोका कपडा वितरण गर्दै आएको हो ।

वैंकले शिक्षा क्षेत्रमा दीर्घकालका लागि एकल विद्यालय सञ्जालसंग सहकार्य गर्दै झापा सहित मोरङ र इलाममा एकल बिद्यालय सञ्चालन गरेको छ । झापामा मात्रै सात वटा विद्यालय सञ्चालन गरेको बैंकले त्यस्ता जम्मा १२ वटा बिद्यालय सञ्चालन गरेको छ । जहाँ विद्यालय जान नसकेका विद्यार्थी घर गाउँमा नै अध्ययन गर्छन् । जसका लागि बैंकले आर्थिक व्यवस्था मिलाउने गरेको छ ।

योसँगै बैंकले हरेक वर्ष एक सय विद्यार्थीलाई निःशुल्क पठन पाठन गराउँदै आएको छ । छात्रवृत्ति स्वरुप बैंकले टुहुरा ,अपाङ्ग र जेहेन्दार बिद्यार्थीलाई शैंक्षिक छात्रवृत्ति प्रदान गर्दै आएको हो । वैंकले यस वर्षवाट एक हजार त्यस्ता बिद्यार्थीलाई पठनपाठन गराउने लक्ष्य लिएको बैकका प्रमुख कार्यकारी अधिकृत पोखरेलको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here