गुरु पूर्णिमामा झापामा रगतको अभाव टार्न रक्तदान

0
714

बिर्तामोड ।

गुरु पूर्णिमाको अवसर पारेर राधा माधव समिति नेपाल विर्तामोड शाखा र डिभाइन युथ क्लव नेपाल विर्तामोड शाखाको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

झापामा भइरहेको रगतको अभाव टार्न संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रमको आयोजना गरिएको राधा माधव समिति नेपाल विर्तामोड शाखाकी अध्यक्ष अर्चना थापाले वताइन् ।

नेपाल रेडक्रस सोसाइटी विर्तामोड उपशाखाको प्राविधिक सहयोगमा राधा माधव समिति नेपाल विर्तामोड शाखा परिसरमा भएको कार्यक्रममा २० जनाले रक्तदानमा राधा माधव समिति नेपाल विर्तामोड शाखाकी सदस्य दुर्गा ढकालले जानकारी दिइन् ।

कार्यक्रममा पञ्चममूल जगतगुरु श्रीकृपालुजी महाराजको पूजाअर्चनासहितको साधना गरिएको राधा माधव समिति नेपाल विर्तामोड शाखाका सदस्य चन्द्रकान्त ढकालले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here