होटल सञ्चालन गर्न पाउनुपर्ने व्यवसायीको माग

0
1819

तुलसीप्रसाद निरौला / बिर्तामोड ।

लकडाउनका कारण व्यवसाय धरापमा परेको भन्दै झापाका होटल व्यवसायीहरुले सुरक्षित रुपमा होटल सञ्चालन गर्न पाउनुपर्ने माग गरेका छन् ।

आइतवार झापाको विर्तामोडमा भएको होटल व्यवसायीहरुको भेलामा उनीहरुले लकडाउनको समयमा अन्य व्यवसाय सञ्चालन गर्न छुट दिए जस्तै होटल व्यवसाय पनि सञ्चालन गर्न पाउनुपर्ने माग गरेका हुन् ।

लामो समयको लकडाउनका कारण होटल व्यवसाय वन्द हुँदा व्यवसायीहरु आर्थिक संकटमा परेको र होटल व्यवसायवाटै पलायन हुनुपर्ने अवस्था सिर्जना भएको भन्दै झापाका होटल व्यवसायीहरुले सरकारले तोकेको सुरक्षा मापदण्ड अपनाएर होटल सञ्चालन गर्ने वताएका छन् ।

कोरोना भाइरसको सम्भावित सङ्क्रमणलाई ध्यानमा राखेर सरकारले लकडाउन गरेपछि अस्तव्यस्त रहेको होटल व्यवसाय कोरोना भाइरसबाट बच्नका लागि अपनाउनुपर्ने सुरक्षात्मक उपाय अपनाएर होटल सञ्चालनका लागि अनुमति दिन होटल व्यवसायीहरुले होटल व्यवसायी संघ झापा , स्थानिय सरकार तथा जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरेका छन् ।

लकडाउनको समयमा होटल सञ्चालन नहुँदा होटल व्यवसायीलाई ठूलो मार परेको भन्दै उनीहरुले होटलको घरभाडामा ५० प्रतिशत तथा बिजुली, पानी, टेलिफोन, इन्टरनेट महसुलमा विशेष छुटको व्यवस्था गर्न आग्रह समेत गरेका छन् ।

त्यस्तै उनीहरुले महामारीले पूर्णरूपमा असर पुर्याएको होटल व्यवसायीलाई राहतस्वरुप एक वर्षको व्यवसाय कर तथा अन्य सबै प्रकारका राजश्व मिनाहा गर्ने व्यवस्था मिलाउनुपर्ने बताए ।
होटल व्यवसायका क्रममा बैंक तथा वित्तीय संस्थाबाट लिइएको ऋण र किस्ता तिर्ने मुख्य स्रोत व्यवसाय भएकाले ऋण तथा किस्ता तिर्ने समयावधि दुई वर्ष थप गरी ब्याजमा सहुलियतदर कायम गराई साँवामा गाभिदिने व्यवस्था मिलाउनु पर्नेमा उनीहरुको जोड छ ।

लकडाउनका कारण होटल क्षेत्रबाट विस्थापित भई बेरोजगार भएका श्रमिक तथा मजदुरलाई पुनर्ताजगी तालिमको व्यवस्था गरी रोजगारीको अवसर सिर्जना गर्नुपर्ने, कोरोना सङ्क्रमणको जोखिम बढ्दै जाँदा होटल व्यवसायको आर्थिक भार दिनानुदिन बढ्न गई यस क्षेत्रका व्यवसायी पलायन हुने अवस्था देखिएकाले यस अवस्थालाई मध्यनजर गर्दै सरकारले योजना तर्जुमा गर्नुपर्नेमा उनीहरुले जोड दिए ।

बिर्तामोडमा भएको व्यवसायीहरुको भेलाको संयोजन होटल व्यवसायी तथा हाइप लाउञ्ज एण्ड वारका सञ्चालक मिक्की कार्कीले गरेका थिए । संयोजक कार्कीले सहज रुपमा होटल व्यवसाय संचालन गर्ने वातावण बनार्ईदिन होटल व्यवसायी संघ झापा , स्थानिय सरकार तथा जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरे ।

‘चार महिनादेखि होटल व्यसाय बन्द छ, बैंकको व्याज र किस्ताले मानसिक तनाव सृजना भएको छ । उता कर्मचारीको तलव र पानी विजुलीको न्युनतम् महसुलले थप चिन्ता थपिदै गएकोे छ – संयोजक कार्कीले भने ।

निजी नम्बरका भाडाँका साना गाडी, अटोरिक्सा हाटबजार लगभग खुल्ला भईसकेको अवस्थामा होटल व्यवसायलाई मात्र खोल्न नदिनु व्यवहारिक नभएको उनले वताए । ‘व्यवसायीलाई अफ्ठयारो परेको बेला चाहिने होटल व्यवसायी संघ झापा भएपनि यस्तो वेलामा संघले होटल व्यवसायीको हितमा केही काम नगरेको व्यवसायी कृष्ण पौडेलले वताए ।

उनले होटल व्यवसायीको समस्यालाई होटल व्यवसायी संघ झापाले प्राथमिकतामा नराखे झापामा छुट्टै अर्को होटल व्यवसायी संघ खोल्न होटल व्यवसायीहरु बाध्य हुने चेतावनी दिए । त्यस्तै होटल व्यवसायीहरु राजु न्यौपाने , गोपाल पोखरेल, अर्जुन कडरिया, अम्बिका पोखरेल लगायतले सरकारले तोकेको सुरक्षा मापदण्ड अपनाएर होटल सञ्चालन गर्नदिनु पर्नेमा जोड दिए ।

कार्यक्रममा होटल व्यवसायीहरु आशिष वन , सुमन उप्रेती , विशाल धिमाल, गजेन्द्रकुमार जवेगू , सञ्जय गौतम, खेम अधिकारी, पारस खतिवडा, सन्तोष पौडेल , नेत्रप्रसाद न्यौपाने , जयप्रसाद पोखरेल , मधु सिटौला , विकास अधिकारी , मित्रसेन गोम्देन , सुरेश आलेमगर , पारस खतिवडालगायतले समेत सहजरुपमा होटल व्यवसाय संचालन गर्ने बातावण बनार्ईदिन होटल व्यवसायी संघ झापा , स्थानिय सरकार तथा जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरेका थिए । सरकारले निषेध गरेको क्षेत्रहरु मध्ये पार्टीप्यालेस, होटल ब्यवसाय, सैलुन, व्युटिपार्लर अझै पनि खुल्न सकेका छैनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here