झापामा कोरोना संक्रमितको संख्या २८९ पुग्यो

0
680

झापा ।

मेचीनगरमा थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मेचीनगर वडा नं. २का ४० बर्षीय पुरुषमा संक्रमण पुष्टि भएको मेचीनगर सामाजिक विकास समिति संयोजक नवीन बरालले बताए ।

संक्रमित पुरुष भारतबाट आएर वडा नं. २ स्थित मेची जनसाधारण माविको क्वारेन्टाइनमा रहेको संयोजक बरालले जानकारी दिए । असार १६ गते संकलन गरिएको स्वाबको पीसीआर परीक्षणमा नतिजा पोजेटिभ आएसंगै संक्रमित पुरुषलाई आइसोलेशन कक्ष लैजाने तयारी भइरहेको बरालले बताए ।

थप १ जनामा कोरोना संक्रमण पुष्टि हुँदा मेचीनगरमा मात्र संक्रमितको संख्या ४२ पुगेको छ भने ६ जना संक्रमणमुक्त भई स्वास्थ्य लाभ गरिरहेका छन् ।

यसैबीच झापामा सोमवार थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज पुष्टि भएकाहरुमा मेचीनगर–१, बिर्तामोड नगरपालिकामा २ र गौरीगञ्जका १ पुरुष रहेका छन् । योसहित झापामा कोरोना संक्रमितको संख्या २८९ पुगेको छ । संक्रमितमध्ये १९७ जना निको भएर घर फर्किएका छन् ।

नेपालमा १८० जनामा संक्रमण

नेपालमा सोमवार १८० जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा गरिएको ४ हजार ७२१ वटा पीसीआर परीक्षण मध्ये १८० वटा नतिजा पोजेटिभ आएको हो ।

१८० जना संक्रमित थपिँदा नेपालमा कूल संक्रमितको संख्या १५ हजार ९६४ पुगेको छ । संक्रमितमध्ये ६ हजार ८११ जना संक्रमणमुक्त भई स्वास्थ्यलाभ गरिरहेको मन्त्रालयले जनाएको छ । आज थप २६४ जना अस्पतालबाट डिस्चार्ज भएको मन्त्रालयले जानकारी दिएको छ । क्वारेन्टाइमा बस्ने मानिसहरुको संख्या २९ हजार २१५ रहँदा आइसोलेशनमा रहेका संक्रमितहरुको संख्या ९ हजार ११८ रहेको बताइएको छ ।

यता बागलुङका १ पुरुषको निधन भएसंगै नेपालमा कोरोनाको संक्रमणपछि मृत्यु हुनेको संख्या ३५ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here