कमलका फरक क्षमता भएकालाई सहायक सामग्री

0
601

झापा।

कमल गाउँपालिकाको आर्थिक सहयोग तथा कमल अपाङ्गता समितिको समन्वयमा फरक क्षमता भएका यहाँका २४ जनालाई सहायक सामग्रीहरु प्रदान गरिएको छ ।

गाउँपालिकामा एक कार्यक्रम गरी ती सहायक सामग्रीहरु लक्षितवर्गलाई हस्तान्तरण गरिएको कमल अपाङ्गता समितिका अध्यक्ष मृगेन्द्रकुमार कार्कीले जानकारी दिए ।

सहायक सामग्रीहरु गाँउपालिकाकी अध्यक्ष मेनुका काफ्लेले हस्तान्तरण गरेकी हुन् । वितरण गरिएका सामग्रीहरुमा ६ थान ह्वीलचेयर, ३ थान विशेष ह्वीलचेयर, हेयररिङ्गेट, ह्वाइट क्यान, बैशाकी, एल्बोकर्चेज लगायत छन् ।

सहायक सामग्रीहरु हस्तान्तरण गर्दे अध्यक्ष काफ्लेले फरक क्षमता भएकाहरुको दैनिक जीवन निर्वाहमा सहयोग पु¥याउने उद्देश्यले कमल अपाङ्गता समितिको समन्वयमा ती आवश्यक सहायक सामग्रीहरु वितरण गरिएको र अन्य आवश्यक सहयोग गर्न गाँउपालिका सधै प्रतिवद्ध भएको बताइन् ।

कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल प्रदेश १ अध्यक्ष पार्वता श्रेष्ठ, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठ, महिला तथा बालबालिका शाखा प्रमुख रेनुका गौतम, २ नम्वर वडाध्यक्ष तारानाथ न्यौपाने, ४ नम्वर वडाध्यक्ष प्रेमबहादुर राई लगायतको सहभागिता थियो ।

कमल अपाङ्गता समितिका उपाध्यक्ष टंक बरालले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन महिला तथा बालबालिका शाखाका कर्मचारी प्रकाश बाँस्कोटाले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here