वन कार्यालय भवन निर्माणका लागि जग्गादान

0
672

ताप्लेजुङ,

 


ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–५ चाँगेका दुई महिलाले सवडिभिजन वन कार्यालयको भवन तथा नर्सरी निर्माणका लागि निःशुल्क जग्गा प्रदान गरेका छन् ।

स्थानीय मङ्गलमती लिम्बू र सीता लिम्बूले दुई÷दुई रोपनी जग्गा निःशुल्क दिएका हुन् । दुवै जनाले रु १६ लाख बराबरको जग्गा सोमबार रजिस्ट्रेशन पास गरिदिएको जिल्ला वन कार्यालय ताप्लेजुङका प्रमुख वीरेन्द्र शाहले जानकारी दिनुभयो ।

जग्गा पास गरिदिएलगत्तै सोमबारै दुवै जनालाई जिल्ला वन कार्यालयले दोसल्ला ओढाएर सम्मानसमेत गरेको छ ।समाज सेवा गर्ने आफूहरूको इच्छानुसार वन कार्यालयलाई जग्गा उपलब्ध गराएको जग्गादाताले बताएका छन् ।

उक्त जग्गाभित्र सवडिभिजन वन कार्यालयको भवन र नर्सरी स्थापना गर्ने जिल्ला वन कार्यालय ताप्लेजुङले जनाएको छ । यसका लागि चाँडै प्रक्रिया अघि बढाइने कार्यालय प्रमुख शाहको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here