हावाबाट कोरोना भाइरस सर्ने प्रमाण भेटियो : डब्लुएचओ

0
944

एजेन्सी ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले हावाबाट कोरोना भाइरस सर्ने प्रमाण भेटिएको जनाएको छ।

यसअघि ३२ देशका २३९ वैज्ञानिकहरुले गरेको अध्ययनले हावाबाट कोरोना सर्ने पुष्टि गरेको थियो। वैज्ञानिकहरूले कोरोनाबारेको मापदण्डमा परिवर्तन गर्न डब्लुएचओलाई पत्र नै लेखेका थिए। तर, वैज्ञानिकहरूले दिएको प्रमाण पर्याप्त नभएको जनाउँदै डब्लुएचओले सजगता मापदण्ड परिवर्तन गर्न मानेको थिएन।

महामारीसँग जुध्न डब्लुएचओले गठन गरेको प्राविधिक समूहकी नेतृत्वकर्ता डा मारिया भान केरखोवले हावाबाट कोरोना फैलिने विषय अहिले अध्ययनमै रहेपनि केहि प्रमाण भेटिएको बताएकी छन्।

हावाका कणमै कोरोना भाइरस, सतर्कता विधि बदल्न वैज्ञानिकको आग्रह डब्लुएचओले बढी भीडभाड हुने र कम हावा हुने बन्द कोठामा हावाबाटै कोरोना भाइरस फैलिने आशंका अस्विकार गर्न नसकिने जनाएको छ। साथै, यस बारेमा अझै विस्तृत अध्ययन भइरहेको डब्लुएचओले जनाएको छ।

यसअघि डब्लुएचओले कोरोना भाइरस मुख्यरुपमा व्यक्तिको नाक र मुखबाट निस्केको सुक्ष्म छिटाबाट सार्ने बताएको थियो। यसअघि ३२ देशका २३९ वैज्ञानिकहरुले कोरोना भाइरस हावाबाट पनि सार्ने दाबी गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here