पीसीआर परीक्षण प्रयोगशालाका लागि नेपाल अलैंची व्यवसायी महासंघको २१ हजार

0
680

विर्तामोड ।

सहारा नेपालसहित २८ वटा विभिन्न सामाजिक संघ–संस्थाको सहभागितामा शुरु गरिएको एकका लागि एक अभियानको अगुवाईमा जनस्तरबाट झापाको कोटीहोमस्थित समर्पण राष्ट्रिय भवनमा स्थापना हुन लागेको कोरोना भाइरस परीक्षण गर्ने पीसीआर परीक्षण प्रयोगशालाका लागि नेपाल अलैंची व्यवसायी महासंघले २१ हजार रुपैयाँ प्रदान गरेको छ ।

झापाको विर्तामोडमा विहीबार आयोजित कार्यक्रममा ‘एकका लागि एक’ अभियानका सहसंयोजक विनोद बस्नेतलाई नेपाल अलैंची व्यवसायी महासंघका महासचिव सुवास भट्टराईले उक्त रकमको चेक हस्तान्तरण गरेका थिए ।

झापामा कोरोना संक्रमितको संख्या बढीरहेको अवस्थामा ‘एकका लागि एक’ अभियानको अगुवाईमा जनस्तरवाट झापाको कोटीहोमस्थित समर्पण राष्ट्रिय भवनमा कोरोना भाइरस परीक्षण गर्ने पीसीआर परीक्षण प्रयोगशालाका स्थापना हुनु झापावासीका लागी गौरवको विषय भएको नेपाल अलैंची व्यवसायी महासंघका महासचिव सुवास भट्टराईले बताए ।

उनले यसअघि बिर्तामोड क्षेत्रमा रहेका विपन्न परिवारलाई खाद्यन्न तथा अत्यावश्यक सामाग्री खरिदको लागि बिर्तामोड नगरपालिकाले स्थापना गरेको कोरोना संक्रमण रोकथाम तथा व्यवस्थापन राहत कोषमा नेपाल अलैंची व्यवसायी महासंघका एक लाख रुपैयाँ प्रदान गरेको जानकारी दिए ।

कार्यक्रममा एकका लागि एक अभियानका सहसंयोजक विनोद बस्नेतले पीसीआर परीक्षण प्रयोगशालाका लागि नेपाल अलैंची व्यवसायी महासंघले गरेको सहयोगको प्रसंसा गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here