‘भारतीय मिडिया बकबास बन्द गर, नेपाली एकढिक्का छौँ’

0
599

काठमाण्डाै,

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता नारायणकाजी श्रेष्ठले भारतीय सञ्चारमाध्यमले प्रधानमन्त्री केपी शर्मा ओलीका बारेमा गरेको प्रचारले सीमा नाघेको बताउनुभएको छ ।

नेता श्रेष्ठले ट्वीट गर्दै भारतीय सञ्चारमाध्यमले सरकार र प्रधानमन्त्री ओलीका बारेमा गरेको अनर्गल प्रचारलाई बकवासको संज्ञा दिनुभएको छ । उहाँले राष्ट्रिय सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाको निम्ति नेपाली एक ढिक्क रहेको र विदेशीको ‘फुटाउ र स्वार्थ पूरा गर’ भन्ने नीति सफल हुन नदिने पनि बताउनुभएको छ ।

भारतीय सञ्चारमाध्यमले पछिल्ला दिनमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीलाई जोडेर भ्रामक र आपत्तिजनक सामग्री दिइरहेका छन् । यस्तै संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री तथा नेकपाका नेता योगेश भट्टराईले पनि भारतीय सञ्चारमाध्यमका सामग्रीले उनीहरु आफैँ नाङ्गिइरहेकाे बताउनुभएको छ ।

प्रधानमन्त्री ओली, नेपाली नेताहरु र नेपालको सवालमा भारतीय सञ्चारमाध्यममा आइरहेका समाचार तथा टिप्पणी हेर्दा पूर्वीय सभ्यताको उपहास भइहेको नेता भट्टराईको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here