अग्रज पत्रकार भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार

0
998

बिर्तामोड , 

अग्रज पत्रकार चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार आएको छ । मस्तिष्कको नशामा रगत जमेको चिकित्सकले बताएपछि गत जेठ ३२ गते पत्रकार भण्डारीको बिर्तामोडस्थित पूर्ण टुङ्ग बिर्ता सिटी अस्पतालमा टाउकोको शल्यक्रिया गरिएको थियो ।

स्वास्थ्य अवस्थामा सुधार आएपछि भण्डारी गत असार १० गते डिस्चार्ज भएका थिए तर टाउकोमा पुनः समस्या देखिएपछि उनलाई पुनः अस्पताल भर्ना गरिएको थियो । उनको गत असार १९ गते टाउकोको दोस्रोपटक शल्यक्रिया गरिएको थियो ।

हस्पिटलका न्यूरो सर्जन डा. चन्द्रप्रकाश लिम्बू नेतृत्वको टोलीले भण्डारीको टाउकोको शल्यक्रिया गरेको थियो ।
नेपाल पत्रकार महासंघका संस्थापक महासचिव तथा कञ्चनजंघा एफएमका प्रवन्ध निर्देशक समेत रहेका भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार आएको चिकित्सकले बताएको उनकी श्रीमती लीना भण्डारीले जानकारी दिइन् । उनी हस्पिटलको क्याबिन नम्बर १ मा उपचारत् रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here