युवा ज्योतिष भनिने अर्जुन क्षेत्री पक्राउ

0
850

काठमाडौं,

युवा ज्योतिष बताउँदै हिँड्ने अर्जुनकुमार क्षेत्री पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले क्षेत्रीलाई नियन्त्रणमा लिएको हो। आयोगको सहसचिव हुँ भन्दै ठगी गरेको अभियोगमा उनलाई नियन्त्रणमा लिइएको हो।

प्लटिङको जग्गाको विषयमा आफू अख्तियारको मानिस भएको भन्दै पैसा असुली गरेको अभियोगमा बिहीवार उनलाई नियन्त्रणा लिइएको हो। ‘अख्तियारको मानिस भन्दै रकम उठाएको पाइएपछि नियन्त्रणमा लिएका हौं,’ अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले भने।

क्षेत्रीको समूहले यसरी धम्काएर ५० लाख रुपैयाँ लिन गएको समेत टोलीले नियन्त्रणमा लिएको थियो। उनीसँगै अन्य केही मानिसलाई पनि लिएर अनुसन्धान गरिरहेको छ।

यसअघि उनलाई २०७६ जेठमा जेठमा भूकम्प आउने भविष्यवाणी गरेर आतङ्क फैलाएको भन्दै क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here