शारीरिक अपांगता भएकाहरुको अनुकरणीय काम

0
812

तुलसीप्रसाद निरौला / बिर्तामोड।

मन् हुनेको धन् हुँदैन , धन् हुनेको मन् भन्ने भनाइ आज पनि उत्तिकै सत्य छ । सामाजिक कार्य गर्न धन नै चाहिन्छ भन्ने छैन । धन नभएर मन मात्र हुने हो भने पनि सामाजिक कार्य गर्न सकिन्छ भन्ने भनाइलाई पुष्टि गरेर देखाएका छन् बिर्तामोड अपांगता स्वावलम्वन संस्थाका पदाधिकारीहरुले ।

सहारा नेपालसहित २८ वटा विभिन्न सामाजिक संघ–संस्थाको सहभागितामा शुरु गरिएको ‘एकका लागि एक’ अभियानको अगुवाईमा जनस्तरबाट झापाको कोटीहोमस्थित समर्पण राष्ट्रिय भवनमा स्थापना हुन लागेको कोरोना भाइरस परीक्षण गर्ने पीसीआर परीक्षण प्रयोगशालाका लागि ११ हजार रुपैयाँ प्रदान गरेर उनीहरुले धन नभएर मन मात्र हुने हो भने पनि सामाजिक कार्य गर्न सकिन्छ भन्ने भनाईलाई पुष्टि गरेर देखाएका हुन् ।

शारीरिक अपांगता , दृष्टिविहीन , अल्पदृष्टियुक्त , वहिरा, सुस्तश्रवण लगायत शारीरिक अपांगता भएका उनीहरुले सपांग जस्तै पीसीआर परीक्षण प्रयोगशाला स्थापनाका लागि आर्थिक सहयोग गरेका हुन् ।

विर्तामोडमा एकका लागि एक अभियानको आयोजनामा भएको कार्यक्रममा बिर्तामोड अपांगता स्वावलम्वन संस्थाका अध्यक्ष दिपक थापा, उपाध्यक्ष चन्द्रप्रसाद भट्टाराई, सचिव हरि अधिकारीलगायतले एकका लागि एक अभियानका संयोजक महेन्द्रकुमार गिरी , सहसंयोजक विनोद बस्नेत , सदस्य विर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई लगायतलाई उक्त रकम प्रदान गरेका थिए ।

सँधै अरुसंग मागेर कार्यक्रम गर्न तथा संस्थाको विविध गतिविधीका लागि अरुसंग सहयोगका लागि हात फैलाउने गरेपनि मुलुकमै पहिलो पटक एकका लागि एक अभियानको अगुवाईमा जनस्तरबाट झापाको कोटीहोमस्थित समर्पण राष्ट्रिय भवनमा कोरोना भाइरस परीक्षण गर्ने पीसीआर परीक्षण प्रयोगशालाका लागि स्थापना हुने कार्य प्रसंशनिय भएकाले आफूहरुले सहयोग गरेको बिर्तामोड अपांगता स्वावलम्वन संस्थाका अध्यक्ष दिपक थापाले बताए ।

लकडाउनका कारण खान नपाएर भोकभोकै वस्नुपरेको अवस्थामा सहारा नेपालसहित २८ वटा विभिन्न सामाजिक संघ–संस्थाको सहभागितामा शुरु गरिएको एकका लागि एक अभियानले खाद्यान्न सामग्री प्रदान गरेकाले एकका लागि एक अभियानको अगुवाईमा जनस्तरबाट झापाको कोटीहोमस्थित समर्पण राष्ट्रिय भवनमा स्थापना हुने कोरोना भाइरस परीक्षण गर्ने पीसीआर परीक्षण प्रयोगशालाका लागि आफूहरुले सहयोग गरेको उनले वताए ।

झापामा दिनप्रतिदिन कोरोना संक्रमितको संख्या वढीरहेको अवस्था र कोरोना भाइरस परीक्षण गर्न विराटनगर र धरानका पीसीआर परीक्षण प्रयोगशालामा पठाउने गरेपनि समयमै रिपोर्ट नआउँदा त्यसले दिने मानसिक त्रासका कारण उत्पन्न परिस्थितीलाई मध्यनजर गर्दै झापामा चाँडोभन्दा चाँडो पीसीआर परीक्षण प्रयोगशाला सञ्चालन होस् भन्ने उद्धेश्यले आफूहरुले रकम प्रदान गरेको उनले बताए । आफूहरुले गरेको सानो सहयोगले कसैको जीवन वाँच्छ भने किन सहयोग नगर्ने भन्दै बिर्तामोड अपांगता स्वावलम्वन संस्थाका अध्यक्ष दिपक थापाले अरुलाई पनि पीसीआर परीक्षण प्रयोगशाला स्थापना गर्ने पुण्यकार्यमा सहयोग गर्न आग्रह गरे ।

एकका लागि एक अभियानको आयोजनामा भएको कार्यक्रममा सहभागीले बिर्तामोड अपांगता स्वावलम्वन संस्थाका पदाधिकारीहरुले गरेको कार्यको मुक्त कण्ठले प्रशंसा गरेका थिए ।

कार्यक्रममा एकका लागि एक अभियानका संयोजक महेन्द्रकुमार गिरीले पीसीआर परीक्षण प्रयोगशाला स्थापनाका लागि बिर्तामोड अपांगता स्वावलम्वन संस्थाका पदाधिकारीहरुले गरेको सहयोग अमुल्य रहेको बताए । उनले सामाजिक कार्य गर्न धनी मात्र भएर हुँदैन , मन पनि हुनुपर्दछ भन्ने उदाहरण बिर्तामोड अपांगता स्वावलम्वन संस्थाका पदाधिकारीहरुले चरितार्थ गरेको बताए ।

त्यस्तै एकका लागि एक अभियानका सह संयोजक विनोद वस्नेतले बिर्तामोड अपांगता स्वावलम्वन संस्थाका पदाधिकारीहरुले गरेको सहयोग सवैका लागि अनुकरणीय रहेको बताए । उनले भने– तपाईंहरु जस्तो मनकारी दाताहरुको सहयोगले हामी अवश्य लक्ष्यमा पुग्छौं ।

सवै मनकारी दाताहरुले सहयोग गरेकै कारण पीसीआर परीक्षण प्रयोगशाला स्थापनाका लागि हालसम्म एक करोड भन्दा वढी रकम संकलन भएको बताउँदै उनले पीसीआर परीक्षण प्रयोगशालाको सम्पूर्ण तयारी पूरा गरी साउनको पहिलो हप्ताबाट सञ्चालनमा ल्याउने जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here