झापा।
झापाको दमकमा आज एक व्यक्तिको घर बनाउने क्रममा लडेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा दमक नगरपालिका – ८ निवासी ६० बर्षीय अतादुल धोनिया रहेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक विजय पण्डितले जानकारी दिनुभयो ।
दमक ६ स्थित प्रेमवहादुर कार्कीको घर फिनिसिङ गर्ने क्रममा लडेर धोनियाको मृत्यु भएको बताइएको छ ।
आज दिउँसो २ बजे घरको दोस्रो तलाबाट लडेर गम्भीर घाइते भएका उनको उपचारका लागि दमक अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरी उपरीक्षक पण्डितले जानकारी दिनुभयो ।