बिरिङ खोलाले बगाएका ब्यक्ति मृत फेला

0
729

झापा।

बिरिङ खोलाले बगाएर वेपत्ता भएका एक ब्यक्ति मृत फेला परेका छन् ।

शनिबार नदीमा आएको बाढीले बगाएर वेपत्ता झापा गाउँपालिका वडा नंं–५ का राजेश गणेश मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए ।

बाढीले बगाएर वेपत्ता भएका राजेशको लगभग तीन किलोमिटर दक्षिण हुलाकी मार्गमा बन्दै गरेको पुल नजिकै शव भेटिएको बताइएको छ । उनलाई शनिबार दिउँसो बाढीले बगाएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here