खोलाले बगाएर झापामा एक जनाको मृत्यु , एक वेपत्ता

0
1012

झापा,

विरिङ खोलामा आएको बाढीले बगाउँदा झापामा एक व्यक्तिको मृत्यु भएको छ भने मेची नदीले बगाउँदा एक व्यक्ति वेपत्ता बनेका छन् ।


जिल्ला प्रहरी कार्यालय झापाले दिएको जानकारी अनुसार झापा गाउँपालिका – ५ का ३५ वर्षीय राजेश गणेशलाई आज अपरान्ह विरिङ खोलाले बगाएर मृत्यु भएको छ । मलामी गएका उनलाई पौडी खेल्ने क्रममा विरिङ खोलामा आएको बाढीले बगाएपछि बेपत्ता भएको र तीन किलोमिटर तल खोला किनारमा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापामा प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो ।

उता मेची नदीले बगाएर भद्रपुर – ३ नाउँगाउँका ३३ वर्षीय हिरण राई वेपत्ता छन् । उनलाई आज दिउँसो नुहाउने क्रममा बाढीले बगाएको प्रहरीले जनाएको छ । मेची नदीले बगाएर वेपत्ता बनेका राईको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
यता हिजो साँझदेखि परेको अविरल वर्षाका कारण कनकाई नदीमा आएको बाढी बस्ती पस्ने खतरा बढेपछि झापाको शिवसताक्षी नगरपालिकामा ४ वटा घर भत्काइएको छ ।

कनकाई पुल उत्तर कनकाई नदीले कटान शुरु गरेपछि त्यस क्षेत्रमा जोखिममा रहेका चार घर भत्काइएको हो । उनीहरुलाई सुरक्षित स्थानमा सारिएको बताइएको छ । झापाका सबैजसो खोला नदीमा अहिले पानीको वहाव उच्च छ । विशेष गरी झापामा कनकाई माई, विरिङ, रतुवा, माव , मेची, हडिया खोलाले बढी क्षति पु¥याउँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here