गौरीगञ्जमा ३० घर डुबानमा,संखुवासभामा पहिरोले आठ घर बगायो ११ जना बेपत्ता

0
1144

झापा ।

अविरल वर्षाका कारण झापामा ३० घर डुवानमा परेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार गौरीगञ्ज गाँउपालिका–१ होक्लाबारीमा कनकाई नदीको पानीको बहब गाँउ पस्दा ३० घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए ।

उद्धारका लागि त्यसतर्फ प्रहरीको टोली जाँदै गरेको प्रहरलिे जनाएको छ । जिल्लाका विभिन्न स्थानमा डुबान हुने क्रम बढेको बताइएको छ । वर्षा नरोकिए पनि जनजीवन थप प्रभावित हुन सक्ने भन्दै सर्तक रहन प्रहरीले आग्रह गरेको छ ।

उता संखुवासभाको सिलिचोङ गाउँपालिकामा अविरल वर्षासँगै गएराती पहिरो जाँदा ११ जना बेपत्ता भएका छन्। तीन जनाको जिवितै उद्दार गरिएको छ। सिलिचोङ गाउँपालिका वडा नम्बर एक बेसिन्दामा भीम बहादुर राईसहित आठ वटा घर बगाउँदा ११ जना बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी नवराज मल्लले जानकारी दिए।

उनका अनुसार पहिरोमा पुरिएकाहरुको खोजी तथा उद्दारका लागि प्रहरीको टोली घटनास्थलतर्फ गएको छ। सिलिचोङ गाउँपालिका वडा नम्बर दुई स्थित सिसुवा प्रहरी चौकी र वडा नम्बर तीनमा रहेको ताम्गुको प्रहरी टोली घटनास्थलतर्फ गएको छ।

घटनास्थल विकट स्थानमा रहेको र पानी पर्ने क्रम नरोकिएकाले बिच बाटोमा स–साना पहिरो झरेकोले उद्दारका लागि गएको टोलीलाई सिलिचोङ तर्फ जान पुग्न समस्या परेको डीएसपीले मल्लले बताए। टोलीलाई घटनास्थलमा पुग्न अझै दुई÷ तीन घन्टा लाग्ने मल्लले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here