पाँचथर।
पाँचथरको याङवरक–४ का ५० बर्षीय मानध्वज माबोको ट्याक्टर दुर्घटनाबाट मृत्यु भएको छ ।
याङवरक–४ देउराली चौक स्थित भित्र कच्ची सडक खण्डमा को २ त ७०४३ नम्बरको ट्याक्टरको पछाडिको ट«ली अचानक खुस्कीदा ट«ली सडकबाट ३० मिटर तल खसेको थियो ।
ट्रलीमा रहेका १० जना मध्ये ५ जना घाईते भएकोमा घाईते मध्ये मानध्वजको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
अन्य ४ जनाको जिल्ला अस्पताल पाँचथरमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।