सप्तरङ्गी एफएमको रेडियोमा स्कुल कार्यक्रम प्रभावकारी बन्दै

0
1257

दमक ।

लकडाउनका कारण स्कुल जान नपाएका बिद्यार्थिहरुलाई लक्षित गर्दै सप्तरङ्गी एफ.एम.ले सञ्चालन गरेको रेडियोमा स्कुल कार्यक्रम प्रभावकारी बनेको पाईएको छ ।

लकडाउनले ठप्प रहेको शैक्षिक गतिबिधिहरुलाई बैकल्पिक माध्यमबाट अघि बढाउन ईलामको चुलाचुली गाउँपालीका संगको सहकार्यमा दमकस्थित सप्तरङ्गी एफ.एम.ले गत असार २१ गते देखी रेडियोबाट कक्षा सञ्चालन गरिरहेको छ ।
बिहान १० बजे बाट सुरु हुने रेडियोमा स्कुल कार्यक्रममा बिद्यार्थिहरुको सहभागीका उत्साहजनक रहेको पाईएको एफ.एम.का प्रबन्ध निर्देशक गिरिराज भट्टराईले जानकारी दिनुभयो ।

रेडियोको टेलिफोनमा बिद्यार्थिहरु सम्पर्क गरी जिज्ञासा राख्ने गरेकोले कार्यक्रम प्रभावकारी भएको पाईएको उहाँले बताउनु भयो । अनुगमनका क्रममा दैनिक रुपमा बिद्यार्थिहरु घर घरमा समुह बनाएर रेडियो सुन्ने गरेको पाईएको चुलाचुली २ स्थित पञ्चकन्या आधारभुत बिद्यालयका प्रधान अध्यापक शुरेन्द्र कटुवालले बताउनु भयो ।

स्कुल सञ्चालन नभएका बेला रेडियो कार्यक्रम अत्यन्तै प्रभावकारी भएको पाईएकोले यसलाई निरन्तरता दिनुपर्ने भन्दै गाउँपालीकाको शिक्षा शाखामा कुरा राख्ने तयारी गरिएको उहाँले बतायनु भयो ।

लकडाउनका समयमा पनि बिद्यार्थिको शिकाई क्रियाकलाप अबरुद्ध नहोस भने रेडियो बाट कक्षा सञ्चालन गरेको चुलाचुली गाउँपालीकाका शिक्षा शाखा प्रमुख रामप्रसाद मिश्रले बताउनु भयो । कार्यक्रम सुरु गर्नु भन्दा अघि कस्तो होला भन्ने अन्यौल रहेको भए पनि अहिले अभिभावकबाट पनि राम्रो प्रतिक्रिया आएकोले खुशी लागेको उहाँले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here