भोटेकोशी बाढीपहिरो पीडित ७३ घरपरिवारलाई राहत

0
861

मेलम्ची ।

बाह्रबिसे नगरपालिकाका बाढी पहिरो पीडित ७३ घरपरिवारलाई नेपाली काँग्रेसले राहत वितरण गरेको छ । बाढीपीडित ७३ परिवारलाई आइतबार खाद्यान्न वितरण गरिएको हो ।

जम्बुका ३४ परिवार तथा खागदल, सिरिसे, टार र रुम्टाका ३९ परिवार गरी ७३ परिवारलाई चामल, दाल, चिउरा, मस्यौरालगायत खाद्यान्न वितरण गरिएको काँग्रेसका स्थानीय नेता युधिर पौडेललले जानकारी दिनुभयो ।

बाढीपीडितको घर भोटेकोशी र यान्की खोलाले बगाएपछि उनीहरूलाई गाँसबासकै समस्या हुँदै आएको थियो । काँग्रेसले बाढीपहिरोमा परी आफन्त गुमाएका र बेपत्ता भएका परिवारलाई नगद राहत दिएको छ ।

काँग्रेसका केन्द्रिय सदस्य तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेत र क्षेत्रीय सभापति बालकृष्ण बस्नेतले बाह्रबिसे–५ जम्बुमा मृतक र बेपत्ता सात परिवारलाई प्रति घरपरिवार रु सात हजारको दरले नगद वितरण गर्नुभएको थियो ।

उहाँहरूले बाढीबाट पीडित २७ परिवारलाई प्रतिपरिवार रु दुई हजार नगदसहित खाद्यान्न राहत वितरण गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here