दुर्घटनामा एक जनाको मृत्यु

0
1191

झापा।

झापाको दमकमा आज भएको सवारी दुर्घटनामा परी एक व्यक्तिको मृत्यु भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार कमल गाउँपालिका – २ मिलन चोकस्थित भित्री सडक खण्डमा भएको सवारी दुर्घटनामा परी मोरङको पथरी शनिश्चरे नगरपालिका – ३ निवासी ४१ वर्षीय केदारनाथ दाहालको मृत्यु भएको हो ।

आज विहान १० बजेको समयमा उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको मे १ त ६१९५ नम्वरको ट्याक्टरले प्रदेश १ – ०२– ०४० प ८२३६ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा दाहाल घाइते भएका थिए ।

दुर्घटनामा घाइते दाहाललाई उपचारका लागि लाइफलाइन अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here