लाखौं मुल्य बराबरका अवैध सामान बरामद

0
1030

बिर्तामोड ।

इलाका प्रहरी कार्यालय अनारमनीले लाखौं मुल्य बराबरका अवैध सामान बरामद गरेको छ ।

भारतबाट लुकीछिपि नेपाल भित्र्यिाइएको भन्सार छलिका सामान पक्राउ गरेर मेची भन्सार कार्यालय कांकरभिट्टामा बुझाएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब उपरीक्षक मुकन्द रिजालले जानकारी दिए ।

भारतबाट अवैध रुपमा भन्सार राजश्व छली गरेर ल्याइएको चिनी, यूरिया मल, सुर्ति, खाने तेल, खैनी, विडी लगायतका सामानहरु पूर्व पश्चमि महेन्द्र राजमार्ग अन्र्तगत बिर्तामोडका विभिन्न स्थानबाट पक्राउ गरिएको डीएसपी रजालले जानकारी दिए ।

एक लाख असी हजार मूल्य बराबरको सामानहरु मेची भन्सार कार्यालय काकरभिट्टामा बुधबार बुझाइएको बताइएको छ । लकडाउनका समयमा पनि अवैध रुपमा सामनाहरु भित्र्ने सुचना पाएसंगै बिर्तामोड प्रहरीले निगरानी बढाएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here