पाकिस्तानद्वारा एम्बुलेन्स हस्तान्तरण

0
467

काठमाडौँ,

पाकिस्तान सरकारले महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई पूर्ण उपकरणयुक्त दुईवटा एम्बुलेन्स प्रदान गरेको छ ।

अस्पतालको ३८औँ वार्षिकोत्सवका अवसरमा आज अपराह्न अस्पताल परिसरमा आयोजित एक संक्षिप्त कार्यक्रममा नेपालका लािग पाकिस्तानका राजदूत मजहर जावेदले अस्पतालका कार्यकारी निर्देशक डा रोहितकुमार पोखरेललाई उपहारस्वरुप ती एम्बुलेन्स हस्तान्तरण गर्नुभयो ।

त्यस अवसरमा राजदूत जावेदले पाकिस्तान र नेपालका चिकित्साशास्त्र प्रतिष्ठानबीच सहकार्य र साझेदारीका प्रशस्त अवसर रहेको बताउँदै नेपालको स्वास्थ्य क्षेत्रको पूर्वाधार विकासमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुृभयो ।

कार्यकारी निर्देशक डा पोखरेलले पाकिस्तानी सहयोगको सराहना गर्दै चिकित्साशास्त्रको उच्च अध्ययनका निम्ति पाकिस्तान सरकारले नेपाली डाक्टरहरूलाई छात्रवृत्तिलगायत सहयोग गरेकामा कृतज्ञता व्यक्त गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here