थपिए ११६ जना कोरोना संक्रमित, कोरोनाका कारण थप एक जनाको मृत्यु

0
565

काठमाडौं,

पछिल्लो २४ घण्टामा थप १ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। विभिन्न २६ वटा प्रयोगशालामा ५ हजार २ जनाको गरिएको पीसीआर परीक्षण गर्दा १ सय १६ जनालाई संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यसअघि मंगलवार पनि १ सय ६६ जनालाई नै संक्रमण देखिएको थियो। यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार १ सय ७७ पुगेको छ। बुधवार ६ सय ९७ जना संक्रमण मुक्त भएसँगै ११ हजार ३५ जना संक्रमण मुक्त भएर घर फर्किएका छन्।

बुधवार कोरोना भाइरसका कारण एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेको संख्या ३९ पुगेको छ। मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म २४ हजार ५ सय २७ जना क्वारेन्टाइनमा रहेको जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here