पीसीआर परीक्षण प्रयोगशालाका लागी सहयोग जुट्दै

0
807

तुलसीप्रसाद निरौला/ बिर्तामोड ।

एकका लागि एक’अभियानकोअगुवाईमा जनस्तरबाट झापाको कोटीहोमस्थित समर्पण राष्ट्रिय भवनमा स्थापना हुन लागेको कोरोना भाइरस परीक्षण गर्ने पीसीआर परीक्षण प्रयोगशालाका लागी शिवसताक्षी–७ चन्द्रडाँगीस्थित शुक्र माध्यमिक विद्यालयका शिक्षक तथा कर्मचारीले एक दिनको तलव प्रदान गरेका छन् ।

सहारा नेपालसहित २८ वटा विभिन्न सामाजिक संघसंस्थाको सहभागितामा सुरु गरिएको ‘एकका लागि एक’ अभियानको अगुवाईमा जनस्तरबाट झापाको कोटीहोमस्थित समर्पण राष्ट्रिय भवनमा स्थापना हुन लागेको पीसीआर परीक्षण प्रयोगशालाका लागी शुक्र माध्यमिक विद्यालयका सम्पूर्ण शिक्षक तथा कर्मचारीहरुले एक दिनको तलव वापतको रकम १० हजार छ सय २५ रुपैयाँ प्रदान गरेको बिद्यालयका प्रधानाध्यापक राजनारायण चौधरीले वताए ।

उक्त रकम बिद्यालयका प्रधानाध्यापक राजनारायण चौधरीले ‘एकका लागि एक’ अभियानका सदस्य तथा रुद्र–गौरी, श्री–अम्बिका ओली प्रतिष्ठानका सचिव यज्ञराज (गोपाल)ओलीलाई हस्तान्तरण गरेका थिए ।

रकम प्रदान गर्दै बिद्यालयका प्रधानाध्यापक चौधरीले कोरोना संक्रमितको परिक्षण गर्न झापामा पीसीआर परीक्षण प्रयोगशाला स्थापना हुनु झापावासीकै लागी गौरवको विषय भएकाले रकम प्रदान गरेको वताए ।

झापाको कोटीहोमस्थित समर्पण राष्ट्रिय भवनमा‘एकका लागि एक’ अभियानको अगुवाईमा कोरोना भाइरसको संक्रमण परिक्षण गर्न जनस्तरबाट पीसीआर परीक्षण प्रयोगशाला स्थापना गर्ने कार्यमा सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीले देखाएको तत्परताले अरु विद्यालयका शिक्षक तथा कर्मचारीलाई समेत प्रेरणा मिल्ने ‘एकका लागि एक’ अभियानका सदस्य ओलीले बताए ।

त्यसैगरी मेची वहुमुखी क्याम्पस भद्रपुरका पूर्व प्राचार्य उमानाथ ओलीले पीसीआर परीक्षण प्रयोगशाला स्थापनाका लागि ११ हजार रुपैयाँ प्रदान गरेका थिए । विर्तामोड –२ निवासी ओलीले कोरोना संक्रमितका लागि जनस्तरबाट झापाको कोटीहोमस्थित समर्पण राष्ट्रिय भवनमा स्थापना हुने पीसीआर परीक्षण प्रयोगशाला वरदान सावित हुने भएकाले आफूले रकम प्रदान गरेको वताए ।

पूर्व प्राचार्य ओलीले उक्त रकम ‘एकका लागि एक’ अभियानका सदस्य तथा रुद्र–गौरी, श्री–अम्बिका ओली प्रतिष्ठानका सचिव यज्ञराज (गोपाल)ओलीलाई हस्तान्तरण गरेका थिए ।

त्यस्तै पीसीआर परीक्षण प्रयोगशाला स्थापनाका लागि शिवसताक्षी–११ दुधे निवासी शिवप्रसाद भट्टराईले ११ हजार एक सय पाँच रुपैयाँ प्रदान गरेका छन् ।

शिवशक्ती बिजुलि भण्डार दुधेका प्रोपाइटर भट्टराईले उक्त रकम ‘एकका लागि एक’ अभियानका सदस्य तथा रुद्र–गौरी, श्री–अम्बिका ओली प्रतिष्ठानका सचिव यज्ञराज (गोपाल)ओलीलाई हस्तान्तरण गरेका थिए ।

त्यसैगरी पीसीआर परीक्षण प्रयोगशाला स्थापनाका लागि कनकाई –३ निवासी रत्नप्रसाद आचार्यले ११ हजार एक सय पाँच रुपैयाँ प्रदान गरेका छन् । अमरदिप इलेक्ट्रीक पसल सुरुङ्गाका प्रोपाइटर आचार्यले उक्त रकम ‘एकका लागि एक’ अभियानका सदस्य तथा रुद्र–गौरी, श्री–अम्बिका ओली प्रतिष्ठानका सचिव यज्ञराज (गोपाल)ओलीलाई हस्तान्तरण गरेका थिए ।

पछिल्लो समय पीसीआर परीक्षण प्रयोगशाला स्थापनाका लागि दाताहरु उत्साहित भएको वताउँदै ‘एकका लागि एक’ अभियानका सदस्य ओलीले पीसीआर परीक्षण प्रयोगशाला स्थापनाका लागि सहयोग गर्न सवैलाई आग्रह गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here