कोरोना संक्रमणबाट धरानमा एकजनाको मृत्यु, नेपालमा मृतकको संख्या ४० पुग्यो

0
1294

काठमाडौं,

नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको ज्यान गएको छ।

धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइसोलेसनमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको हो।

मधुमेह र उच्च रक्तचापका बिरामी सप्तरी जिल्लाका ७३ वर्षीय वृद्धको बिहिबार राति १० बजे मृत्यु भएको वीपी कोइराला स्वास्थ्य विज्ञानका प्रतिष्ठानका प्रवक्ता दिनेश सापकोटाले बताए।

असार ३१ गते अस्पतालमा भर्ना गरिएको उनकाे शंका लागेर स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ आएको थियो। थाहाखबरसँग उनले भने,’ अहिले शव व्यवस्थापनको तयारी भइरहेको छ।

अस्पताल प्रशासन र शव व्यवस्थापन समितिबीच छलफल भइरहेको छ।‘ योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४० पुगेकाे छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here