पेस्तोल सहित दुई जना पक्राउ

0
1421

सुनसरी ।

सुनसरीको देवानगंज गाउँपालिका–३ पानीट्याङकीबाट आटोमटिक पेस्तोल सहित दुई जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले देवानगञ्ज गाउँपालिका–२ का २३ बर्षीय पिन्टु यादव र ३२ बर्षीय राजेश यादवलाई पक्राउ गरेको हो ।

गस्तिमा रहेको प्रहरी टोलीले ३ जना भारतिय नागरिक सहित दुई वटा मोटरसाईकलमा आएका ५ जनाको समुहलाई रोकेर चेकजाँच गर्ने क्रममा एक्कासी प्रहरी टोलीलाई लक्षित गरी फायर खोलेकोमा प्रहरीको तर्फबाट समेत जवाफी फायर हुँदा दुई जना घाईते भएको तथा अन्य ३ जना भारत तर्फ नै फरार भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

घटनास्थलबाट प्रहरीले अटोमटिक पेस्तोल १ थान, सोही पेस्तोलमा लाग्ने गोली ६ राउण्ड र म्यागजिन २ थान तथा भारतिय नम्बर प्लेटको मोटरसाईकल १ थान र साईन मोटरसाईकल १ थान बरामद गरेको छ ।

घाईते भएका दुबै यादवद्धयको बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचार भईरहेको र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here