क्यान्सरका बिरामीलाई सहयोग

0
802

मङ्गलबारे,

इलामका एक युवाले क्यान्सर पीडित बिरामीलाई नगद ५० हजार सहयोग गर्नुभएको छ । फाकफोकथुम गाउँपालिका–७ एकतप्पा निवासी क्यान्सर पीडित वीरबहादुर श्रेष्ठलाई थापाले सहयोग गर्नुभएको हो ।

मुखमुनि (च्यँुडो) मा घाउ भई क्यान्सरको अवस्थामा रोग पुगिसकेको हुनाले श्रेष्ठको हाल पूर्वाञ्चल क्यान्सर अस्पतालमा उपचार भइरहेको छ । उपचारमा आर्थिक अवस्था कमजोर रहेको कारण स्थानीय युवा थापाको नेतृत्वमा नगद रु ५० हजार सङ्कलन गरेर उपलब्ध गराइएको उहाँले बताउनुभयो ।

समाजसेवी युवा थापाले पनि अन्य व्यक्तिहरूसँग रकम सङ्कलन गरेर पीडितलाई हस्तान्तरण गर्नुभएको हो । उहाँले सामाजिक सञ्जाल, फोन तथा भेटघाटका क्रममा दाताहरूलाई कुरा गर्दै सो रकम सङ्कलन गर्नु भएको थियो ।
सङ्कलित रकम एक कार्यक्रमबीच श्रेष्ठका परिवारलाई हस्तान्तरण गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here