भरतीय मिडियालाई कति विश्वास गर्ने ?

0
1298

केहीदिन अगाडि असारको महिना पानी दर्किरहेको थियो । मानो खाएर मुरी उब्जाउने उत्सवको रुपमा यो महिनालाई किसानहरु सम्मान गर्छन् । असरले श्रावणलाई स्वागत गरिरहेको थियो । आकाश छुन उडेका बादलका समुह झरि बनी निरन्तर जमिनमा खसिरहदा सधैं हिडिँरहने बाटोमा गन्तब्य पुग्न पनि पौडिरहनु परेको थियो । उचित ढल निकास र निर्माण सामग्रीहरु अव्यवस्थित तवरले बाटो छेउछाऊ थुपारी दिदाँ बर्षात्को समयमा सानोतिनो बाढी नै बगिरहेको हुन्छ बाटोमा । कतै–कतै बाटो निर्माण कार्यमा ढिला सुस्ती भएको बिरोधमा स्थानियबासीले हिलाम्मे बाटोमा धान रोपेर बिरोध जनाएको यदाँकदा सामाजिक सञ्जालमा हामी देख्न सक्छौ ।

बाटो के भन्नु खोलै खोला हिडेर आफ्नै छेवर गर्न शैलुन छिरियो । लकडाउनले गर्दा कपाल छाट्न नपाएको पनि झण्डै लामै समय भैसकेको थियो । कोरोनाको त्रासमा सरकारले जारीको गरेको लकडाउन सर्वसाधारणको आवश्यक्तालाई मध्यनजर गर्दै केही खुकुलो बनाएपछि उपभोक्ता र व्यापारीले केही राहतको महशुस गरिरहेका छन् । मास्क र व्यत्तिगत दुरी कायम गर्दै आवश्यक साम्रगी खरिदबिक्री गर्न र बैकिङ कारोबार गर्न सरकारले अनुरोध गरेको छ । हुन त हामीले ध्यान मात्र नदिएका हौ कोरोना आउन भन्दा पहिलै सामाजिक सञ्जल र मोबाइलमा खेलिने बिभिन्न गेमका कारण एक किसिमले परिवार अनि छेउछाउ भएका व्यतिहरुदेखि दुरी कायम भइसकेको थियो ।

कपाल काट्दै गर्दा शैलुनमा भएका टेलिभिजनमा भारत नेपाल सीमा विवादलाई लिएर भारतीय टेलिभिजनले समाचार प्रसारण गरिरहेको थियो । समाचार सुन्दा लाग्थ्यो तिनीहरुको पाकिस्तान भन्दा खत्रा दुश्मन नेपाल हो जसलाई चीनले उकासी रहेको छ । नेपालले लिपुलेक, कालापानी र लिपियाधुरा समेटेर नयाँ नक्सा जारी गरेपछि भारतीय मिडिया नेपाल र केपी शर्मा ओली सरकार बिरुद्ध खनिएका छन् । कपाल कटिरहँदा सुनेका ती भारतीय मिडियाका समाचार, समाचार नभएर टि.आर. पी. को खेती हो भनेर छुट्याउन म जस्तो संञ्चारकर्मीलाई गाह्रो हुने कुरै थिएन । अन्तमा कपाल काँटीसकेर हिँडने बेलामा यस्तो च्यानल पनि हेर्ने हो भन्दै स्पेशलिङ मुभि च्यानल लगाएर दिनभर फिल्म हेर्न अनुरोध गरे । कमसेकम भारतीय मिडियाले प्रसारण गर्ने तथ्यहीन मनोकल्पित समाचारले भन्दा केहि सकरात्मक उर्जा फिल्म हेर्दा मिल्छ ।

गायक यसकुमारको गीत “ धेरै बर्ष पछि आज फेरि त्यस्तै झरी पर्यो…” गुन गुनाउदै दर्के झरीको संगितमा शरीरको उपल्लो भागलाई छाताले जोगाउदै स्मरणको पोखरीमा कुनै समयकको हुन नसक्नु भएका सम्मनिय सामुआमाकी छोरीसँग त्यो बिगतमा यस्तै झरीमा रुझेको रोमान्टिक पलमा पौडिदै कार्यस्थल पुगेको पत्तै पाइनछु । बिगतमा छोडि आएका पाइतालाका ढोपहरु बर्तमानमा समयसँगै आइरहने कुनै कुनै पलहरुले पुन ती ढोपका आकृतीहरु याद बनि मतिष्कमा ढक्ढकाइरहेकको हुँदो रहेछ । कार्यस्थलमा उपलब्ध केन्द्र र स्थनीय स्थरबाट आएका पत्रिकाको एक एक पानाहरु तिर आँखा सयर गराएँ । लकडाउनले पुस्तक पसलहरु बन्द भए पछि अक्षरहरुसंग लुकामारी खेल्न बानी परेका यी आँखा र मतिष्कलाई अफिसमा आउने दैनिक पत्रिकाले केहि राहत दिएको छ । त्यस दिनको पत्रिकाहरुमा प्रकाशित नेकपा भित्रको विवाद र रुकुम घटनामा ज्यान गुमाएका नवराज बिक सहित उसका सहकर्मीहरुले घटना घटेको लामो समय भैसक्दा पनि उचित क्षतिपूर्ति र न्याय नपाएको समाचारले चाहि अलिक गम्भिर बनायो । नेकपा भित्रको विवादलाई लिएर नेपाल बिरोधी गोदि मिडिया समाचारको नाममा कमेन्ट्री गरिरहेको र विवाद समधानको लागी खुलेआम चिनियाँ राजदुतले गरेको हस्तक्षेप पुर्ण क्रियाकलाप चाहि ठिक लागिरहेकको छैन । आन्तारिक विवादमा नै अल्झिरहने हो भने नक्सामा भएको भुमि कहिले फिर्ता ल्याउने हुन ? दुई तिहाईको बहुमत भित्र महानायक काण्डा नै भाइरस भएर छिरे जस्तो लाग्छ ।

देश बिकास र जातीय विभेदसहित अन्य धेरै कुप्रथाको अन्त्य गर्न ल्याइएको यो लोकतान्त्रिक गणतन्त्रले रुकुम घटना जस्तो घटना कति घटाउने हुन । जातीय बिभेद साधारणतय दलितसंगको बिभेदलाई मात्र बुझ्ने गरेको देखिन्छ । जातीय बिभेदको प्रसंग आएपछि योसंग संबन्धित सानो एउटा किस्सा तपाईलाई सुनाइ हालौ न । कुरा के भने हुन नसकेका अघोषित पुरेत ससुराबाले धेरै अघि उसको छोरी र मेरो साथीसंगको प्रेमसंबन्ध थाहा पाएपछि उनीहरुलाई राखेर धेरै संझाए । जात नमिल्ने भन्दै धर्मग्रन्थको कुरा गरेर छोरीको दिमाग नै परिवर्तन गराइ छाडे बा ले । गहिरो प्रेममा रहेका ती दुई तत्कालको लागि छुटे पनि एक महिना पछि दुबैले एक हप्ताको अन्तरमा बतासे भिरबाट दुबैले शुन्दर जीवनको अन्त्य गरे । त्यो बेला साथी र पण्डितबाको छोरीलाई सम्झेर, कबिताको लयमा शब्दलाई दौडाएको अहिले पनि याद आउँछ ।

तिम्रो धर्मग्रन्थले, मेरो जात ब्रम्हाको पैतालाबाट
जन्मेको शुद्र देख्छ भने, हो म त्यहि शुद्र हो ।
जमिनमा जन्मे, हुर्के र मृत्यु पश्चात
जमिन भित्रै यो देहलाई बिलिन बनाउँछु ।
तिम्रो जात त ब्रम्हाको शिरबाट उत्पन्न भएको
त्यसैले पैतालाको महत्व कहाँ बुझ्छौ र !
म जस्तै जमिन मै हुर्किन्छौ र मृत्यु पश्चात
शरिरलाई खरानी बनाई पानीमा बगाउछौ, अनि धुवा बनी आकाशमा उड्छौ ।
धर्तिमा म माटोसंग मिलेर बिरुवा उमार्दै गर्दा
तिमी हावाको बेगले बहकिन्छौ, सूर्यको तापले बाफिन्छौ
बादल बनि हावासंग मिलेर आकाशको उडान भर्छौ ।
तर खै किन हो ? धेरै माथी पुगेपछि रुन्छौ
र तिम्रो आशुले ती बिरुवाहरुको प्यास बुझाउदै
म पुररिएको चिहानलाई न्यानो स्पर्श दिदै जान्छौ ।।
खै तर किन हो ?

कबिताका यी हरफहरु मतिस्कले बिगतका कुनै अध्यारो स्मरणको आलमारीमा खोतल्दै गर्दा बहिनी किरणले एउटा भिडियो हेर्नु त दाजु भन्दै मोबाइल हातमा थमाइराखेर बहिनी आफ्नै काममा व्यस्त भाइन् । नेकपा भित्रको विवाद समधानको लागि चिनियाँ राजदुत होउ याड्ढीले प्रधानमन्त्री ओलीसंग गर्नु भएको भेटलाई गलत अर्थ लगाउदै ‘ ओलीकी इश्किया ’ नामक जीन्यूजले तयार पारेको कपोकल्पित उक्त रिपोट हेरेपछि लाग्यो भारतीय गोदि मिडिया टि.आर.पी.को लागि सबैथोक गर्दारहेछन् सिवय पत्रकारिता । आफुनो देशको सम्मानिय प्रधानमन्त्रीको चरित्र हत्य गर्ने तथ्य र प्रमाणहिन उक्त रिपोट प्रसारण भएसंगै सम्पूर्ण भारतीय समाचार (दुर्दर्शन बाहेक) च्यानलहरुको प्रसारण सेवा नेपालमा बन्द गरिएको छ । हिन्दुवादी नेता मोदी प्रधानमन्त्री भएदेखि उसको चाकाडीमा लागेका यस्ता मिडियाले न त त्यहाँका जनताका वास्ताबिक समस्याको समाचार प्रसारण गरे न त तथ्य र तथ्यंक सहितको वस्ताबिक घटनामा नै विश्वास गर्न चहायो ।

मोदीका मुख पत्र जस्तै बनेका यस्ता मिडियाले राष्ट्रियताका नाममा मुस्लिम समुदाय र पाकिस्तानको बिरोध गरिरहेको छ भने बर्तमान समयमा उनिहरुको क्यामरा नेपालतिर पनि फर्किएको छ । नक्सा पारित गर्दा देखिएको सबै दलहरुको एकतालाई ओली सरकारले नजरअन्दाज गर्दै पार्टी भित्रको विवादमा अल्झिरहँदा सीमा विवाद समधानमा ढिलाई भैरहेकोछ भने मोदीको मुखपत्र बनेका गोदी मिडियाले यो समस्याको समधान तर्फ भन्दा अर्को पकिस्तान सृजना गर्न सम्पूर्ण आफ्नो शक्ति खर्चिरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here