झापा ।

झापाबाट सञ्चालनमा आएका यातायातका ६ वटा प्रालीहरुले संयुक्त कार्य गर्ने गरी संगठित भएका छन् ।
सुनौलो संयुक्त यातायात प्रालीकोे स्थापना गरी यातायात व्यवसायीहरु एक ठाँउमा आएका हुन् । सुनौलो संयुक्त यातायात प्रालीको अध्यक्षमा भुपाल ओली चयन भएका छन् ।
हिमाल पाथीभरा, जगतमाता पाथीभरा, विशाल यातायात प्राली, पौरवी यातायात एण्ड अटो प्राली, सुपर साइनो यातायता प्राली र वनेपा सयपत्री यातायात प्रालीको संयुक्त स्वरुप नै सुनौलो संयुक्त यातायत प्राली भएको प्रबन्ध निर्देशक पुकार कार्कीले बताए ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसको कारण सबैभन्दा बढि प्रभावित बनेको यातायात क्षेत्रमा सहकार्य र हातेमालो गरेर अघि नबढे सबै यातायात व्यवसायी टाँट पल्टिने अवस्था आएपछि यस्तो किसिमको संयुक्त शैलीमा गएको अध्यक्ष ओलीले बताए ।
२५ जना शेयर सदस्याहरु रहेको यातायत प्रालीले आफ्नौ भिन्दै भिन्दै प्रालीको कार्य पनि गर्ने र संयुक्त रुपमा समस्या तथा चुनैतीहरुसँग डटेर अघि बढ्ने कुरामा यातायात प्रालीको जोड रहेको छ ।
नव निर्मित ११ सदस्य प्रालीको कार्य समितिको उपाध्यक्षमा सरोज न्यौपाने र राजकुमार सुवेदी, अनिल गुप्ता, आयश खड्का, धनबहादुर गिरी, भीमप्रसाद लम्साल, सागर शिवाकोटी, निर्मला आचार्य, प्रकाश भारती लगायत रहेका छन् ।































