स्थापना दिवसमा रक्तदान कार्यक्रम

0
1044

बिर्तामोड ।


फर्निचर तथा फनिसिङ व्यवसायी महासंघले छैटौ स्थापना दिवसको अवसर पारेर झापाको बिर्तामोड र दमकमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

महासंघको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी बिर्तामोड शाखाको प्राविधिक सहयोगमा विहिवार रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

महासंघले ‘मानव सेवा नै धर्म हो’ भन्ने मुल नाराका साथ माईपश्चिमको दमक र माई पूर्वको बिर्तामोडमा रक्तदान कार्यक्रम गरेको महासंघका झापा अध्यक्ष चन्द्रप्रसाद गिरीले जानकारी दिए ।

बिर्तामोडमा भएको रक्तदानमा ३७ र दमकमा भएको रक्तदान कार्यक्रममा ४१ पिन्ट रगत संकलन भएको थियो ।
त्यसैगरी सोहि अवसरमा कनकाई नगरस्थित कनकाई माईमा एकका लागि एक अभियानद्धारा कोरोना भाइरस परिक्षण गर्ने निर्माणधिन पिसिआर ल्याव सम्पन्न गर्नका लागि झापामा रहेका फर्निचर तथा फर्निसिङ व्यवसायीहरुले ५१ हजार रुपैयाँ हस्तान्तरण गरेको अध्यक्ष गिरीले बताए । सो रकम एकका लागि एक अभियानका संयोजक महेन्द्र गिरीलाई हस्तान्तरण गरेको जनाइएको छ ।

बिर्तामोडमा भएको रक्तदान कार्यक्रममा महासंघका केन्द्रिय सचिव राजकुमार दाहाल, केन्द्रिय सदस्य खगेन्द्र खरेल, झापाका पूर्व वरिष्ठ उपाध्यक्ष ओमभक्त प्रसाई, वरिष्ठ उपाध्यक्ष रोहित आचार्य, उपाध्यक्ष हिमाल ओली, सचिव दिनेश सुवेदी, सहसचिव, गोविन्द सिटौला, कोषाध्यक्ष मानबहादुर कटुवाल, पूर्व जिल्ला सचिव छत्रवहादुर कार्की, जिल्ला सदस्य लीला वन, श्रीप्रसाद सिटौलाको उपस्थिति थियो । त्यसैगरी कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघ बिर्तामोडका अध्यक्ष कुमार भट्टराई, रेडक्रस बिर्तामोड शाखा अध्यक्ष सजेश शिवाकोटी, विरता लेडि जेसिजकी अध्यक्ष सुश्मा पौडेल महासचिव संगीता गिरी, महासंघका बिर्तामोड नगर अध्यक्ष गोपाल खनाल, दमक नगर अध्यक्ष युवराज पाठक, भद्रपुर नगर अध्यक्ष सत्रुधन चौधरी, अर्जुनधारा नगर अध्यक्ष राकेश लुइटेल, गौरदह नगर अध्यक्ष प्रकाश वास्कोटा, बिर्तामोड नगर सचिव सन्तोष खरेललगायतको सहभागीता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here