झापा,
सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड बिर्तामोड सेवा केन्द्रले आफ्ना सदस्यको निधन भएपछि पाँच लाख ५० हजार रुपैयाँ कर्जा मिनाह गर्दै मृतकका परिवारलाई उक्त रकम हस्तान्तरण गरेको छ ।

संस्थाद्वारा सञ्चालित घुबित्त कार्यक्रम अन्तर्गत समूहमा आवद्ध सदस्यको निधन भएपछि सो बराबरको रकम मिनाह गरेको हो । विभिन्न पाँचवटा महिला समूहमा महिलाहरुको निधनपछि सहकारीले कर्जा मिनाह गरेको हो । अर्जुनधारा – ११ समूह नं। २२४ की सदस्य गोमादेवी गुरुङका श्रीमान पासाङ दोर्जे तामाङलाई ७० हजार, बिर्तामोड सदस्यको मृत्यु हुँदा ऋण मिनाहा नगरपालिका –१ की स्व उर्मिला शर्माको परिवारलाई एक लाख १९ हजार, समूह नं। १४९ इच्छा सहारा महिला समूहकी कमला सेलिङको परिवारलाई एक लाख ९० हजार, सयपत्री सहारा महिला समूहकी सदस्य सीता ताम्राकारको परिवारलाई एक लाख ५० हजार र समूह नं. १४३ की सदस्य शकुन्तला लिम्बूको परिवारलाई एक लाख ४५ हजार रुपैयाँ ऋण मिनाहा गर्दै परिवारजनलाई हस्तान्तरण गरेको हो । सहकारीले आफ्ना सदस्यको मृत्यु तथा अभिभावकको कर्जाको सुरक्षणवापत लघु बिमा गरेर लगानी गर्ने गरेको र निधन हुँदा ६ लाखसम्मको कर्जालाई मिनाहा गर्ने गरेको बिर्तामोड सेवा केन्द्र प्रमुख घनश्याम रायले बताए ।
कार्यक्रममा प्रमुख अतिथि ढाँचाराज कँडरियाले साँच्चै मानवीयताको र सदस्यको हितमा काम गरेको भन्दै सहारालाई धन्यवाद ज्ञापन गरेका थिए । उनले नेपालकै मोडल संस्थाको रुपमा रहेको सहारा नेपालसँग बिर्तामोड नगरपालिकाले स्वास्थ्य, शिक्षा, विपन्न आवाश उद्यमशिलताको क्षेत्रमा सहकार्य गरी कार्यक्रम अगाडि बढाउने नीति लिएको बताए ।
त्यस अवसरमा मृतक परिवारका सदस्यहरुलाई प्रमुख अतिथि कँडरिया लगायत शुभलक्ष्मी महिला समूह नम्बर ८० की संरक्षक तथा सहारा नेपाल युनिट –१९ की संयोजक दुर्गादेवी भट्टराई ढकाल र सहारा नेपालका इकाई समिति संयोजक
रामप्रसाद रोकाले राहत रकम हस्तान्तरण गरेका थिए ।































