बुधबारे जेसीजद्धारा `जेसीज वन´ निर्माण, नेपालमा जेसीज वनकाे संख्या ११ पुग्यो

0
665

बुधबारे ।

युवाहरूकाे बिश्वब्यापी संस्था जेसीजद्वारा झापामा `जेसीज वन´ निर्माण गरिएकाे छ । बुधबारे जेसीजले बुद्धशान्ति -१ को भाेटेटारमा अाज `जेसीज वन´ निर्माण गरेको हो ।

४.०२ हेक्टर क्षेत्रफलमा वन निर्माण गरिएको बुधबारे जेसीजका अध्यक्ष जेसी नन्द कुमार याफु राईले बताउनु भयो । आज बृहत बृक्षाराेपण गर्दै निर्माण गरिएको वनमा ७ सय बढी विभिन्न जातका बिरुवा रोपिने बुधबारे जेसीजका सचिव जेसी अनिल वाग्लेले बताउनु भयो ।

बुधबारे जेसीजका अध्यक्ष जेसी नन्द कुमार याफु राई, जिल्ला वन इलामका रोङ सब डिभिजन अधिकृत इन्द्र देव यादब, बुद्ध शान्ति वार्ड नम्बर-१ का वार्ड अध्यक्ष भिमकुमार नेवार, तीनतले सामुदायिक वन समिति उपाध्यक्ष सरद मगर, सचिव छत्रकुमारी फुँयाल, बन रक्षक इन्द्र प्रसाद खतिवडा, ससस्त्र बन रक्षक इन्द्र तमाङ, बुधबारे जेसीजका पुर्व अध्यक्ष जेसी रमेश बराल, बुधबारे जेसीजका कानूनी सल्लाहकार जेसी मुकेश भट्टराई, कार्यकारीणी उपाध्यक्ष जेसी गजुहाङ याेङहाङ, उपाध्यक्ष जेसी सुजीत बराल लगायत जेसीज सदस्यहरुको उपस्थितिमा जेसीज वन निर्माण गरिएको बुधबारे जेसिजका महासचिव जेसी दिपेन सिटाैलाले जानकारी दिनुभयो ।

बृक्षाराेपण कार्यक्रममा तीनतले सामुदायिक वन उपभोक्ता समिति बुद्धशान्तिको पनि सहभागिता थियो । यसैबिच याे सँगै नेपालमा जेसीज वनकाे संख्या ११ पुगेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here