अज्ञात समुहले खुकुरी प्रहार गर्दा झापामा एक ब्यक्तिको मृत्यु

0
1571

झापा ।

झापाको मेचीनगरमा अज्ञात समुहले खुकुरी प्रहार गर्दा एक ब्यक्तिको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मेचीनगर–२ स्थित भृकुटी निवासी ५० वर्षीय नारायण आचार्य रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनलाई अज्ञात समुहले खुकुरी प्रहार गरेको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाका अनुसार खुकुरी प्रहारबाट घाइते भएका आचार्यको बिर्तामोड स्थित वीएण्डसी अस्पतालमा मृत्यु भएको हो । खुकुरी प्रहार गर्ने व्यक्तिको पहिचान भइसकेकोले चाडै पक्राउ गरिने डीएसपी थापाले जानकारी दिए ।

आर्चायमाथि के कारणले खुकुरी प्रहार भयो अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here