प्रहरी प्रधान कार्यालयका चार जनालाई कोरोना संक्रमण

0
396

काठमाडौं।

प्रहरी प्रधान कार्यालयमा कार्यरत चार प्रहरी अधिकारीमा कोरोना भाइरस संक्रमण फेला परेको छ । प्रहरी प्रधान कार्यालय नक्सालस्थित सवारी शाखामा कार्यरत प्रहरीमा संक्रमण पुष्टि भएको हो ।

प्रहरी अस्पतालमा गरिएको परीक्षणमा चार जनालाई संक्रमण देखिए पनि थप पुष्टिका लागि टेकु अस्पताल पठाइएको केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी निरजबहादुर शाहीले जानकारी दिएका छन् ।

चार जनामा संक्रमण पुष्टि भएपछि कन्ट्याक ट्रेसिङबाट थप प्रहरी अधिकारीको स्वाब संकलन गरिएको थियो । त्यसमा पनि केहीमा संक्रमण पुष्टि भएको खबर आएको प्रहरी प्रधान कार्यालय एक उच्च अधिकृतले जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here