सिमेन्टको गमलाले फेरियो भूपालको दैनिकी

0
1562

तुलसीप्रसाद निरौला / विर्तामोड ।

झापा अर्जुनधारा–५ विहीवारे निवासी ५० वर्षिय भुपाल कार्कीको पेशा यतिवेला थपिएको छ । लक्ष्मीपुरमा निकीता भेराइटिज पसल सञ्चालन गरेर व्यापार गर्दै आएका उनी यतिवेला सिमेन्टको गमला वनाउन व्यस्त भएका छन् ।

विश्वमा महामारीको रुप लिइरहेको कोरोना भाइरसको संक्रमणवाट वच्न सरकारले लकडाउन जारी गरेका कारण व्यापार व्यवसाय चौपट्ट वनाएपछि विरक्तिएका उनी लकडाउनको समयलाई सदुपयोग गर्दै सिमेन्टको गमला वनाउन थालेको वताउँछन् ।

घरमा फूलहरु रोप्न , तरकारी रोप्न सिमेन्टको गमला वनाउन थालेपनि पछि गाउँघरका अन्य मानिसले किनेर लैजान थालेपछि विक्रीका लागि सिमेन्टका गमलाहरु बनाउँदै आएको उनी बताउँछन् ।

दैनिक एउटा सिमेन्टका गमला बनाउँदै आएका उनले हालसम्म दुई सयभन्दा वढी सिमेन्टका गमला बनाउँदै आएको बताए । आफूले उपयोग गर्न सिमेन्टका गमला वनाएपनि गाउँघरका अन्य मानिसले किनेर सिमेन्टका गमलाहरु लैजान थालेपछि अहिले एक हजार दुई सय पचास रुपैयाँसम्म सिमेन्टका गमलाहरु बेच्दै आएको कार्कीले बताए ।

तरकारी रोप्नका लागि जग्गा जमिन नै चाहिन्छ भन्ने छैन । आफु बसेको घरको छत, बार्दलीमा सिमेन्टका गमला प्रयोग गरेर तरकारी रोप्न सकिने उनले वताए ।

जग्गाको अभावमा तरकारी रोप्न नपाएर चिन्तित वनेका किसानका लागि घरको छत, बार्दलीमा तरकारी रोप्न सिमेन्टका गमला उपयोगी हुने कार्कीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here