तस्करी गतिविधिले काँकडभिट्टामा कोरोना भित्रिने जोखिम झन् बढ्यो, ४ लाख बढीको सुपारी बरामद

0
1126

झापा ।

कोरोना त्रासको बाबजुद झापाको काँकडभिट्टा नाकाबाट तस्करी भइरहेको छ ।

स्थानीय सशस्त्र र नेपाल प्रहरीको मिलोमतोमा तस्कर समूहले चोर बाटाहरू प्रयोग गरी भन्सार छलेर सरसामान तस्करी गरिरहेका छन् । तस्करी बढदा यसले समुदायमा कोरोना फैलिने त्रास समेत बढेको छ ।

यसैक्रममा जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काबाट खटिएको प्रहरी टोलीले आइतबार राती मेचीनगर नगरपालिका ४ प्रसाद गौँडा स्थित नेपाल भारतको दशगजा क्षेत्रबाट ४७ बोरा सुख्खा सुपारी बरामद गरेको हो । भारत लैजान ठिक्क पारेको सो सुपारी विशेष सूचनाको आधारमा प्रहरीले बरामद गरेको हो ।

एक हजार चार सय सत्तरी केजी परिमाणको मूल्य करिब ४ लाख ४१ हजारको सुपारी सोमबार मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाइसकेको प्रहरीले जनाएको छ ।

काँकडभिट्टाको मेची पुलबाटै सरसामान भित्राउँदै आएका कारोबारी पछिल्लो समयमा मेचीनगरको विभिन्न नाकाबाट सरसामान धमाधम भित्राउँदै आइरहेको छ । यसतर्फ स्थानीय प्रहरीले चासो नदिँदा जिल्लाबाटै प्रहरी खटिने गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here