फाक्तेप स्वास्थ्य चौकीमा ल्याव सेवा सञ्चालन

0
1121

युद्धबहादुर बोहोरा / पाँचथर ।

जिल्लाको फाल्गुनन्द–५,स्थित घुर्विसे पञ्चमीमा रहेको फाक्तेप स्वास्थ्य चौकीमा वुधवार देखि ल्याव सेवा संञ्चालनमा आएको छ ।

स्थानीय बासिन्दालाई स्वास्थ्य सेवामा सुविधा प्रदान गर्ने उदेश्यले सुगर,युरिक एसिड,स्टुल,युरिन,किड्नी फङ्सन,लिवर फङ्सन,ब्लड (सिवीसि,इएसआर),एचआभी,युडिआरएस,टिबी सहितका परीक्षण न्यूनतम शुलकमा सुचारु गरिएको र गर्भवती (एएनसी प्याकेज) लाई निःशुल्क परीक्षण गरिने स्वास्थ्य चौकीका निमित्त ईन्चार्ज कोपिला लिम्बुले जानकारी गराइन् ।

प्रमुख अतिथि गाँउपालिका अध्यक्ष वीरबहादुर कुरुम्वाङ तथा विशेष अतिथि प्रमुख प्रशासकिय अधिकृत अनिल तिखत्रीबाट उद्घाटन भएको उक्त ल्यावमा अतिथि लगायत चार जनाको ल्याव परीक्षण समेत गरिएको थियो । स्थानीयलाई स्वास्थ्य सेवामा थप सहज बनाउन तत्काल भिडियो एक्सरेको सुविधा संचालन गर्ने पालिकाको तयारी भएको अध्यक्ष कुरुम्वाङले उद्घाटनमा बताए । प्रसुती सेवा संवेदनशील भएको हुँदा प्रत्येक वडामा यसलाई प्रभावकारी र विश्वसनीय बनाउन स्वास्थ्यकर्मीलाई सल्लाह दिंदै यस क्षेत्रमा पर्ने आवश्यकताको पहिचान गरि पालिकाले समस्याको समाधान गरिने प्रतिवद्धता जनाए ।

इलाम जिल्लाको फाकफोकथुम–१ संग जोडिएको यस वडाको स्वास्थ्य संस्थामा महिनामा करीव दुई सय ५० देखि तीन सय सम्म विरामीले सेवा लिने गरेको संस्थाले जनाएको छ । ओपिडी नियमित सेवा तर्फ इन्चार्ज लिम्बु सहित अहेव बालकृष्ण दाहाल, सुहानी चेम्जोङ कार्यरत छन् भने प्रसुतीमा (एसबीए) तालिम प्राप्त लक्ष्मी श्रेष्ठ र कल्पना राम छन् ।

हाल श्रेष्ठ गाँउपालिकाको काजमा खटिएकी छिन् । ल्याब शाखामा असिस्टेन्ट बालकुमारी चेम्जोङ र कार्यलय सहयोगी भीमादेवी चेम्जोङ गरि जम्मा छ जना स्टाफ रहेको अहेव दाहाले जानकारी दिए ।

यस पालिकामा जम्मा छ वटा स्वास्थ्य चौकी र दुई स्वास्थ्य इकाइ छन् । ती मध्ये वडा न.२ को इम्बुङ स्वास्थ्य चौकीमा यस अघि ल्याव सेवा संचालन गरिएको छ । वडा न. १ भौगोलिक हिसावले ठुलो भएको हुँदा एक स्वास्थ्य इकाइ र एक स्वास्थ्य चौकी रहेको छ । अन्य वडामा एक–एक स्वास्थ्य चौकी छन् भने वडा न. ७ को स्वास्थ्य इकाइ भवन निमार्ण सम्पन्न भइ उद्घाटनको तयारीमा रहेको अधिकृत तिखत्रीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here