व्यवसायी विपिनलाई मातृशोक

0
665

विर्तामोड ।

बिर्तामोडका व्यवसायी विश्वेश्वर बजगाईं(विपिन)लाई मातृशोक परेको छ । दमक – ६ निवासी बजगाईंकी आमा मनमाया बजगाईंको ८३ बर्षको उमेरमा साउन १५ गते विहीवार वेलुकी निधन भएको हो ।

स्व.बजगाईंका श्रीमान् केदारप्रसाद वजगाईं र छोरा बालकृष्ण बजगाईं तथा जयप्रसाद दुलालको यसअघि नै निधन भइसकेको बताइएको छ ।  स्व.बजगाईंका छ जना छोरा÷वुहारीहरु रहेका छन् । उनीहरुमा भानुभक्त–कमला , नारायणप्रसाद–चन्द्रा ,युवराज–सुशिला , विश्वेश्वर्र ं(विपिन)–विनिता,तीर्थराज–राधिका बजगाईं रहेका छन् ।

उनका छोराहरुमध्ये विश्वेश्वर बजगाईं(विपिनर्) युनिक मेसिनरी ट्रेडर्स तथा युनिक इन्टरप्राइजेज बिर्तामोडका सञ्चालक , नयाँ उज्यालो बचत तथा ऋण सहकारी संस्थाका पूर्व अध्यक्ष समेत रहेका छन् । त्यस्तै भानुभक्तको व्यवसाय , नारायणप्रसाद खुद्रा वचत तथा ऋण सहकारी संस्था दूधेका अध्यक्ष , युवराजको खेती किसानी र तीर्थराज युनिक मेसिनरी ट्रेडर्स दमकका सञ्चालक रहेका छन् ।

त्यस्तै स्व.बजगाईंका पाँच जना छोरी÷ज्वाईंहरु रहेका छन् । उनीहरुमा तुलसा –भगीरथ शिवाकोटी ,निर्मला दुलाल, अञ्जना –दशरथ लुईंटेल, खिना –माधव ओझा , रेवता–थुमनाथ भट्टराईं रहेका छन् । उनका आठ जना नाती ,१६ जना नातीनी ,१४ जना पनाती,पनातीनी रहेका छन् ।

वजगाईं परिवारले आफ्ना आमावुवाको स्मृतिमा केदार मनमाया बजगाईँ स्मृति प्रतिष्ठान स्थापना गरी सामाजिक कार्य गर्दै आइरहेको छ भने विभिन्न व्यक्तिलाई पुरस्कृत गर्दै आइरहेको छ ।

स्व.बजगाईंको शुक्रवार कन्काई मुक्तिघाट माइधारको पश्चिमकिनारमा अन्त्येष्टि गरिएको पारिवारीक श्रोतले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here