बकर इदको शुभकामना

0
583

विराटनगर, 

प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले इस्लाम धर्मावलम्बीको महान चाड इद–उल–अजहा (बकर इद) का अवसरमा आज एक शुभकामना सन्देश दिनुभएको छ ।

प्रदेश प्रमुख अधिकारीले सन्देशमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण राष्ट्रपे्रमी नेपाली इस्लाम धर्मावलम्बी दाजुभाइ तथा दिदीबहिनीमा यस महान चाड (बकर इद)ले सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवम् उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रदेश प्रमुख अधिकारीले जारी गर्नुभएको सन्देशमा हजरत मुहम्मतको स्वीकृतिमा मनाउँदै आएको यस पर्वमा आत्मिक भावले अल्लाहसँग प्रार्थना गरी सामूहिक हर्षबढाइँका साथ शुभकामना आदानप्रदान गर्ने परम्परा रहेको उल्लेख गर्नुभएको छ ।
“आज विश्व नै कोभिड– १९ को महामारीले आक्रान्त पारिरहेको यस परीपेक्षमा भौतिक तथा सामाजिक दूरी कायम गरी बकर इद पर्व मनाउनु सबै इस्लाम धर्मावलम्बीको अनिवार्य कर्तव्य बनेको स्मरण गराउन चाहान्छु”, सन्देशमा उहाँले उल्लेख गर्नुभएको छ, “बहुलजाति, बहुलभाषा, बहुसंस्कृति, बहुधार्मिक विशेषताले युक्त सुन्दर देश नेपालका राष्ट्रप्रेमी इस्लाम धर्मावलम्बी एकता र राष्ट्रिय स्वाभिमानका प्रतिक हुन् ।”

प्रदेश प्रमुख अधिकारीले बकर इद पर्वले नेपाली समुदायमा धार्मिक, सांस्कृतिक सद्भाव कायम राख्दै भ्रातृत्व एवं आपसी सहिष्णुतालाई थप प्रगाढ तुल्याइ मौलिक संस्कृति र परम्पराको संरक्षण, सम्वद्र्धन तथा विकास गर्नेमा जोड दिनुभएको छ ।

घरमै सुरक्षित बसी बकर इद पर्व भव्य र सभ्यरुपमा मनाउनुहुन उहाँले अनुरोध गर्दै कोभिड– १९ सँग लड्ने शक्ति अल्लाहले सबैलाई प्रदान गरून् भन्ने अभिलाषा राख्नुभएको छ । उहाँले मुलुकको सार्वभौमिकता, अखण्डता र राष्ट्रिय एकताका निमित्त बकर इद पर्वबाट सबैमा प्रेरणा मिलोस् भन्दै पुनःसबैमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here