तीन वर्षीय क्यान्सरपीडित बालकलाई सहयोग गर्न आग्रह

0
767

इलाम,

इलाम नगरपालिका–७ का मिर्गौला क्यान्सरबाट पीडित तीन वर्षीय बालक प्रभास श्रेष्ठको उपचारार्थ चरम आर्थिक अभाव भएको छ । बालकका अभिभावकले उपचारका लागि खर्च जुटाइदिन आग्रह गरेका छन् ।

छ महिनादेखि काठमाडौँस्थित कान्ति बाल अस्पतालमा उपचारार्थ ती बालकको थप उपचारका लागि लाखौँ आवश्यकता पर्ने जनाइएको छ ।

“ चिकित्सकले बालकको उपचार गर्न रु १२ देखि १३ लाख लाग्छ भन्नुभएको छ । यति रकम त मेरो सबै सम्पत्ति बेच्दा पनि आउँदैन”, बालकका बुवा गोपाल श्रेष्ठले भन्नुभयो, “त्यसैले सबैसमक्ष आग्रह गरेको हुँ ।”

आवश्यक रकम जुटाउन नसकेपछि बालकको हालसम्म थप उपचार नभएको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here