सत्तामोहकै कारण पार्टी प्रवेश–बिग्रह

0
635

ओम आचार्य,

नेपाली कांग्रेसको आफ्नै इतिहास छ । २००७ साल अर्थात् राणाकालदेखि पञ्चायतकाल अर्थात् राजशाही कालसम्म आइपुग्दा कांग्रेसले आफ्नो परिचय प्रजातन्त्र र मानव अधिकार पक्षधर भएका राष्ट्रहरुसम्म नेपालमा एउटा प्रजातान्त्रिक पार्टीको रुपमा परिचित गराइसकेको थियो । नेपाली कांग्रेसले यसरी एउटा इतिहास बनाएको छ ।

त्यस्तै नेकपा एमाले र माओवादीको एकीकरणपछि विश्व राजनीतिमा कम्युनिस्ट सकिँदै गएको वर्तमान अवस्थामा नेपालमा नेकपाले बहुमतको सरकार स्थापित गरेर इतिहास बनाउन सफल भयो । यसरी बनाएको इतिहास र परिचय यी पार्टीहरुलाई बचाउन गणतन्त्र स्थापनापछि निकै मेहनत गर्नुपरेको देखिन्छ । नेपाली कांग्रेस र नेकपा पार्टीले बनाएको इतिहास यसरी बिग्रदै गयो जस्तो की गणतन्त्रको स्थापनापछि प्रतिनिधिसभाको निर्वाचनमा अन्य पार्टीहरु अत्यन्तै न्यूनरुपमा राष्ट्रिय पार्टीको रुपमा स्थापित भए । तर, सरकार निर्माणमा केही पार्टीहरुको मात्र प्रमुख भूमिका रह्यो र अन्य पार्टीहरु गौण रहे ।

यस्तो परिस्थितिमा स–साना पार्टीहरु र राष्ट्रिय पार्टीमा हैसियत बनाएका, तर सरकारसम्म पुग्न नसकेका पार्टीहरुमा विचलन शुरु भयो र ठूला पार्टीहरु जस्तो नेपाली कांग्रेस, नेकपा एमाले जस्ता पार्टीहरुमा सत्तामोह भएकाहरुले प्रवेश गर्ने र ती पार्टीहरुमा आफू र आफ्नो पार्टी विलय गर्ने कार्य शुरु भयो ।

नेपाली कांग्रेस, नेकपा एमाले जस्ता पार्टीहरुले अन्य राजनीतिक दल र ती दलसँग आवद्ध व्यक्तिहरुलाई पार्टी प्रवेश गराउँदा अपनाइने नीति–नियम, विधि–पद्धती किन सरल ?साथै विलय हुने पार्टी या त्यो पार्टीसँग आवद्ध रहँदा रहेको पदमा नै समायोजन गर्ने र उनीहरुको माग बमोजिम पद दिने पद्धतीसँग सहमत हुन सच्चा कार्यकर्ता सकिरहेका छैनन् ।
नेकपामा अहिले बढिरहेको मतान्तर, विरोध र पार्टी फÞुटको नजिक पुगिसकेको अवस्था नेकपा एमालेभित्र अन्य फरक विचार फÞरक सिद्धान्त भएकाहरुको प्रवेशले नै हो । यसले पार्टीभित्र तनाव र विगठन पैदा गर्छ र यो तनाव एकीकरण पूर्वको पार्टीले नै सबैभन्दा बढी व्यहोर्नुपर्छ । त्यो यस कारणले हो की नेकपामा फÞुट भयो भने एकीकरण पूर्वको अवस्थामा पार्टी पुग्छ यस्तो अवस्थामा बढी तनाव नेकपा एमाले र त्योसँग आबद्ध नेताहरुले नै व्यहोर्नुपर्छ ।

पार्टीहरुको यस्तो वर्तमानमा परिस्थितीले पार्टीले बनाएको छवि र इतिहास धमिलो हँुदै जाने देखिएको छ । नेपाली कांग्रेसको इतिहास सुन्नै नचाहने, नेपाली कांग्रेसलाई अर्राष्ट्रिय तत्वसम्म भन्नेहरुलाई पनि पार्टीमा सम्मानपूर्वक पार्टी प्रवेश गराउँदै राम्रो हैसियतमा राखेर पदाधिकारीसम्म बनाउने गरेको देखिएको छ यस्तो प्रवेशले नेपाली कांग्रेसको भविष्य नेपाली कांग्रेसको इतिहास सुध्रन्छ कि बिग्रन्छ ? यो पार्टी नेतृत्व पंक्तिले बुझ्ने कुरा हो ।

अहिले कांग्रेस र नेकपामा जुन द्वन्द्व छ जुन तनाव छ । त्यो पार्टी प्रवेश गर्नेहरुको विषयलाई लिएर र प्रवेश गरिसकेपछि देखिएको द्वन्द्व नै हो । पाटी प्रवेश गराउँदा र प्रवेश गरेकाहरुबाट पार्टीमा नै जीवन बिताएको पार्टीलाई नै जीवन दिएकाहरु अपमानित र हिनताबोध हुनुहँुदैन र तत्काल प्रवेश गरेकालाई तिनिहरुलाई नै नेता मान्नुपर्ने अवस्था अस्मिताले दिँदैन र वर्तमानमा समस्या यही हो ।

विदेशी महिलालाई विवाह गरेर ल्याउँदा उनीहरुलाई दिइने नागरिकतामा त एउटा समयावधि निर्धारण गरेर नागरिकता वितरण गर्ने प्रावधान छ त्यो पनि विवाहिता नारीलाई जसको थर गोत्र विवाह गरेकै मितिबाट श्रीमान्को हुन्छ । पार्टी प्रवेशमा त त्यस्तो केही हुँदैन, प्रवेश गर्ने बित्तिकै पद दिनुपर्ने यो अलिक मिलेन कि ? त्यसरी पार्टी प्रवेश गर्नेहरुलाई निश्चित एउटा समयावधि तोकेर उनीहरुको आचरण पार्टीहीत विपरीत छ÷छैन ? त्यो परीक्षण गरेर मात्रै पदको समायोजन गर्नु नेपाली कांग्रेसमा जरुरी छ । किनभने इतिहास बोकेको नेपाली कांग्रेसको, प्रजातन्त्र र मानव अधिकारको लागि आफ्नो परिचय बनाएको नेपाली कांग्रेसको इतिहास पार्टी प्रवेश भएकाहरुबाट न धमिलियोस् न बिग्रियोस् ।

नेपाली कांग्रेसमा प्रवेश गर्नु गौरवको कुरा सम्मानको कुरा हो । यसरी यस्तो पार्टीमा प्रवेश गराउँदा एउटा विधि–पद्धती र समय निर्धारणपछि मात्रै समायोजन गर्नुपर्छ किनभने पार्टी प्रवेशको कुराहरु गरिरहँदा एकअर्काको अन्तिम हदैसम्म विरोधका स्वरहरु व्यक्तिगत रुपमा र पार्टीगतरुपमा पनि हदैसम्म विरोध गर्ने पनि सत्तामोहका कारण पार्टी प्रवेश र विलय गर्ने गरेका र पुनः विग्रह पनि सत्तामोह कै कारण हुने गरेको राजनीतिले गणतन्त्रको संस्थागत विकासमा बाधा पु¥याएको र पु¥याउने गरेको छ र अर्कोतिर पार्टीको सिद्धान्त विचारमा पनि विचलन ल्याउँछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here