सुरुङ्गा १ सेमीफाइनलमा

0
424

बिर्तामोड,असोज २२ ।  प्रजापति सामदायिक वन उपभोक्त समूहको आयोजनामा  झापाको सुरुङ्गामा संचालन भइरहेको वडास्तरीय फुटवल प्रतियोगिता अन्र्तगत आज सम्पन्न खेलमा वडा नम्वर १ विजयी वन्दै सेमी फाइनलमा प्रवेश गरेको छ ।
वडा नम्वर ९ र वडा नम्वर १ वीच भएको खेलमा वडा नम्वर ९ लाई फराकीलो गोल अन्र्तरले पराजित गर्दै वडा नम्वर १ विजयी वनेको हो । विजयी टिमका तर्फवाट नारायण न्यौपानेले ह्याट्रिक सहित तीन गोल गरेका थिए भने सूर्य राईले  एक गोल गरेका थिए । उता वडा नम्वर ९का तर्फवाट भने एक मात्र सान्तवना गोल राजु किष्कूले फर्काएका थिए । किष्कू नै खेलको म्यानअफदी म्याच घोषित भए । आज वुधवारको अन्तिम सेमी फाइनल खेल वडा नम्वर ३ र वडा नम्वर ८ वीच हुने खेल व्यवस्थापना समितिका राजेश श्रेष्ठले जानकारी दिए ।  प्रतियोगितामा नौ टिमको सहभागिता रहेको छ भने विजयी टिमले नगद १५ हजारसहित ट्रफी र प्रमाण पत्र तथा उपविजेता टिमले नगद दश हजार सहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने वताइएको छ । २५ गते फाइनल प्रतियोगिता हुने श्रेष्ठले वताए ।