बाह्रदशीबाट लागूऔषध ब्राउनसुगर सहित एक जना पक्राउ

0
822

झापा।

झापाको बाह्रदशी गाउँपालिका–३ बस–स्टेण्डबाट लागूऔषध ब्राउनसुगर सहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा २७ बर्षीय मिलन भुजेल रहेको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय राजगढबाट खटिएको प्रहरी टोलीले एक ग्राम ब्राउन सुगर सहित भुजेललाई पक्राउ गरिएको जनाएको छ ।

पक्राउ परेका भुजेलको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here