
हेमन्ता भण्डारी
मैले हाँसेर बोलिदिदा तिमी हाँस्छौ भने
लाख पीर सहेर नि हाँसिदिन्छु म
मैले हाँसेर साथदिदा तिमी बाँच्छौ भने
लाख पीर सहेर नि बाँचिदिन्छु म
जतन गरी राख्छु आशु, आफ्नै सिरानीमा
देखाउदिन पीर व्यथा, पोख्छु बिरानीमा
मैले जमेर बसिदिँदा तिमी बग्छौ भने
लाख ताप सहेर नि जमिदिन्छु म
तिम्रै लागि नाता तोडे, सम्बन्ध सब छोडे
टुक्राएर आधा मुटु , तिमीसँगै जोडे
मैले दियोझै जलिदिॅदा तिमी खुल्छौ भने
चिसो बतास सहेर नि बलिदिन्छु म
जहाँ जहाँ तिमी फुल्छौ, हावा बनी छुन्छु
तिम्रा हरेक मुस्कानमा, थाहै नपाई खुल्छु
मैले हारेर आफूलाई तिमी जित्छौ भने
जानाजानी हरेक पटक हारिदिन्छु म
बुद्धशान्ति – २, झापा



























