
अञ्चु सुवेदी
छट्पटि त मलाई जस्तै, तिमीलाई नि हुँदो होला
एकान्तमा अतितका ,प्रीय पलले छुँदो होला।
सङ्गै जिउने ,मर्ने ती झुटा कसम ,बाचा सम्झी
आज भोलि सधैं सधैंआँशुले मुख धुँदो होला।
बर्सौं देखि बेखबर छु ,मुग्लानको जेल भित्र
झरी पर्दा सम्झदै छु , घरको छानो चुँदो होला।
मेरो देशको सिमानाका ,जङ्गे पिलर सरिरहँदा
कालापानी लिपुलेकको, नक्सा सम्झि रुँदो होला।



























