नमुना बनाउन शान्ति निकेतनमा गुरुयोजना बनाइदै

0
1650

गणेश अर्याल / इलाम,

अघिल्लो बर्ष नमुना बिद्यालयको रुपमा छनौटमा परेको बिद्यालयलाई बास्तबिक रुपमा नै नमुना बिद्यालय बनाइने भएको छ ।

इलामको रोङ गाउपालिका ३ स्थीत शान्ति निकेतन माध्यमिक बिद्यालयलाई नमुना बिद्यालयको रुपमा बिकास गर्न प्रयास सुरु गरिएको हो । नेपाल सरकारले चालु आर्थिक बर्षमा रोङ गाउपालिका मार्फत १ करोड ५० लाख रुपैया प्रदान गर्ने भएपछि बिद्यालयलाई कसरी भौतिक, ब्यवस्थापकीय र शैक्षिक गुणस्तरको बनाउन सकिन्छ भनेर अन्तरक्रिया सुरु भएको छ ।

त्यसका लागि औपचारिक र अनौपचारिक रुपमा छलफलहरु भइरहेको बिद्यालयका प्रधानाध्यापक हेमन्त आचार्यले बताए । नेपाल सरकार शिक्षा मन्त्रालयबाट नमुना विद्यालयको रूपमा छनोट भएको शान्ति निकेतन माध्यमिक विद्यालयको बिकासको लागि नमुना विद्यालय गुरूयोजना निर्माण शुरू भएको हो । यसै क्रममा हालै एक औपचारिक छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दौलथ कुमार राईको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा रोङ गाउँपालिका अध्यक्ष शमशेर राई, निबर्तमान प्रमुख प्रशासकीय अधिकृत प्रदिप गौतम, बर्तमान प्रमुख प्रशासकीय अधिकृत प्रयास भट्टराई लगायतको सहभागिता रहेको थियो । त्यसैगरी वडानम्बर ३ का वडाअध्यक्ष मात्रिका बराल इन्जिनियर सचिदानन्द देव, शिक्षा शाखा प्रमुख ज्ञानबहादुर कार्की, शिक्षक अभिभावक संघका अध्यक्ष गणेशकुमार राई लगायतको समेत उपस्थितिमा अन्तरक्रिया भएको प्रधानाध्यापक आचार्यले बताए ।

‘नेपाल सरकारले आवस्यक प्रक्रिया पुरा गरी एक जना कन्सलटेन्ट पठाएकाले अन्तरक्रियामा बिषयबस्तु सहजीकरणमा सजिलो भयो’ प्रधानाध्यापक आचार्यले भने,– ‘ सितारा कन्सलटेन्सी नामक कम्पनीको टिका कोइरालालाई कन्सलटेन्ट पठाइएको रहेछ‘ । कार्यक्रममा अभिभावक लगायत स्थानीय बासीको पनि उपस्थिति रहेको थियो । बिद्यालयको ५ बर्षे वा सो भन्दा धेरै बर्ष सम्मको लागि गुरु योजना बनाएर सोही अनुसार काम अगाडी बडाउनु पर्ने अन्तरक्रियामा धारणा आएको बताइएको छ ।

गुरुयोजना अनुसार पठनपाठनका लागि र छात्रछात्राका लागि एक एक वटा भवनको कुरा आएको प्रधानाध्यापक आचार्यले बताए । भवनको लागि जग्गा र माटो पनि परिक्षणका लागि नमुना संकलनको काम भएको छ । यस अघि शान्ति निकेतन बिद्यालयको एक टोलीले बिभिन्न नमुना बिद्यालयहरुको अध्ययन अवलोकन भ्रमण पनि गरेको थियो । भ्रमणको क्रममा बिद्यालयको बिकासको लागि सूरु चरणमा भौतिक पूर्वाधारलाई ६५ प्रतिशत, शैक्षिक सुधारमा २५ प्रतिसत र ब्यवस्थापकीय बिकासमा बाकी रहेको १० प्रतिसत बजेट बिनियोजन गरेको पाएको प्रधानाध्यापक आचार्यले बताए ।

गाउपालिका र पाथीभरा क्षेत्र बिकास कोषको सहयोगमा बिद्यालयमा स्कुल बस सञ्चालनमा रहेको छ भने खेलकुद लगायत अतिरिक्त कृयाकलापमा पनि सो बिद्यालय जिल्लाकै अगुवा बिद्यालयको रुपमा चिनिदै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here