बिर्तामोडको लकडाउन खुल्यो, जोखिम भने कायम

0
630

झापा ।

समुदायमा कोरोना संक्रमण फैलिएको भन्दै बिर्तामोड नगरपाकिलाले अनिश्चितकालिन गरेको लकडाउन खुला गरेको छ ।

गत साउन १८ गते राती १२ बजेदेखि लागु गरेको लकडाउन आज राती १२ बजे देखि खुल्ला गर्ने निर्णय गरेको बिर्तामोडका मेयर ध्रुवकुमार शिवाकोटीले जानकारी दिए ।

समुदायमा कोरोना संक्रमणको जोखिम बढेको आशंकामा नगरले दोस्रो पटक लकडाउन गरेको थियो । मास स्किृनिङ पछि जोखिमको अध्ययन गरेर लकडाउन खुला गरेको मेयर शिवाकोटीले जानकारी दिए । उनले अझै जोखिम रहेकाले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन आग्रह गरेका छन् ।

मेयर शिवाकोटीले नगरपालिकाले कोरोना संक्रमण जोखिमलाई ख्याल गरेर नागरिकप्रति जिम्मेवार रहेको बताए । उनले सबै नगरवासीलाई अनिवार्य मास्क प्रयोग गरेर मात्रै हिडडुल गर्न अनुरोध गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here