घुस लिएको आरोपमा १४ पक्राउ

0
375

सुर्खेत,

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतले आर्थिक वर्ष २०७६÷०७७ मा १४ जनालाई रङ्गेहात पक्राउ गरेको छ ।

अघिल्लो आवमा चार जनालाई रङ्गेहात पक्राउ गरी कारवाहीको दायरामा ल्याइएको कार्यालयले जनाएको छ । कार्यालय सुर्खेतले एक वर्षको अवधिमा रु १३ लाख ४१ हजार घुस बरामद गरेको छ ।

आव २०७६÷०७७ मा सो रकम घुस बरामद गरेको कार्यालयले जनाएको छ । यो रकम अघिल्लो आवको भन्दा बढी हो । आव २०७५÷०७६ मा चार लाख ४७ हजार रकम घुस बरामद गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here